मुगु : मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोेङ्ग गाउँपालिकाकोे पुलमा आँखा शिविर सञ्चालन हुदाँ ३४ जना मोतियाविन्दु भएका आँखाका बिरामीको शल्यकिृया गरिएको छ ।
मुगुमकार्मारोेङ्ग गाउँपालिका,नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुग, हिमालय आँखा अस्पताल घारिपाटन पोखराकोे आयोेजनामा र आई केयर ,फाउन्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा विकट मुगुमकार्मारोेङ्ग गाउँपालिको पुलुमा दुई दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।
पुलुमा असोज ७ र ८ गते दुई दिन सम्म सञ्चालन भएको आँखा शिविरमा ३ सय ९७ जना आँखाा बिरामीको चेकजाँच गरिएको र अन्य जटिल ३४ जना मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गरिएको डाक्टर सुवाश नेपालले जानकारी दिए ।
उनका अनुसार यस शिविरमा विकट मुगुमकार्मारोेङ्ग गाउँपालिकाका स्थानीय लगायत अन्य स्थानीय तह बाट आएका आँखाका बिरामीको पनि चेकजाँच गरिएको छ । मोतियाबिन्दु भएका आँखाका बिरामीलाई चश्मा पनि वितरण गरिएको छ ।
आँखाका विरामी सबै भन्दा बढी ५० बर्ष भन्दा माथिका धेरै रहेका र आँखाको हेरचाहा राम्रो संग नगर्ने,धुवा धुलोका कारण पनी आखाँमा समस्या हुने गरेको चिकित्सले बताएका छन । शिविरमा आएका आँखाका विरामीहरुले घर नजिकै आखाँको उपचार गर्न पाएकोमा खुसी ब्यक्त गरेका छन ।
आर्थिक अभावमा रोग पालेर बसेको थिए । तर घर नजिकै शिविर सञ्चालन हुदाँ बन्द भएको आखाँ खुलेको भन्दै मुगुमकार्मारोेङ्ग गाउँपालिकाका २ का टसी लामाले खुसी ब्यक्त गरे ।
पुलुमा भएको नि शुल्क आँखा शिविरमा डाक्टर अन्जु गुरुङ्गको नेतृत्वमा, डाक्टर गोविन्द्र नाथ योगी,डाक्टर सुवास नेपाल,धुव्र बहादुर बुढथापा लगायतका चिकित्सकको टोली पुलुमै पुगेर आँखाको शिविर सञ्चालन गरेका थिए ।
नेपाल नेत्रज्योति संघ,हिमालय आँखा अस्पताल घारिपाटन पोखराकोे आयोेजनामा मुगुमा हरेक बर्ष निशुल्क आँखा शिविर सञ्चालन गरिदा आर्थिक समस्या भएका मोतियाबिन्दु भएका आखाका विरामीलाई शिविरले सहज गरेको छ ।
जुम्ला दर्पण । १० आश्विन २०८१, बिहीबार ०९:५७