जनप्रतिनिधि कोठामा थुनेर प्रजिअको प्रमुख आतिथ्यतामा प्रहरी दिवस

जुम्ला :  असाेज ३० गते, ६९ औँ प्रहरी दिवस देशभर मनाइयो। जिल्ला प्रहरी कार्यालय जुम्लाकाे आयाेजनामा कर्णाली प्रदेश विपद् व्यवस्थापन गुल्ममा औपचारिक समाराेहका बीच मनाइयाे।

उक्त समाराेहमा जनप्रतिनिधि, पत्रकार लगायत सराेकारवालालाई निमन्त्रणा थियोे। साेही अनुसार जिल्ला समन्वय समिति जुम्लाका प्रमुखसहित आठ वटै पालिकाका स्थानीय सरकार प्रमुख बोलाइएका थिए।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पालिकाका अध्यक्ष/प्रमुखकाे नामै किटान गरेर निमन्त्रणा गरेकाे थियाे। कार्यक्रममा उपस्थित हुन व्यक्तिगत रूपमा फाेनसमेत गरेकाे थियाे, आयाेजकले।

प्रहरी दिवस,त्यसमा औपचारिक निमन्त्रणा आएपछि उनीहरू नजाने कुरै थिएन। प्रहरी कार्यालयकाे निमन्त्रणा स्वीकार गर्दै स्थानीय सरकार प्रमुखहरू एकपछि अर्काे गर्दै गुल्ममा हाजिर भए।

त्यसरी निमन्त्रणा स्वीकार गर्दै हाजिर हुने जनप्रतिनिधि थिए, जिसस प्रमुख गाैरीनन्द आर्चायसहित चन्दननाथका मेयर राजुसिंह कठायत, ताताेपानीका अध्यक्ष नन्दप्रसाद चाैलागाईं, हिमाका अध्यक्ष लक्ष्मण बहादुर शाही, सिंजाका अध्यक्ष पूर्ण प्रसाद धिताल र तिलाका अध्यक्ष माेतिलाल राेकाया।

         जिसस प्रमुखसहित स्थानीय सरकार प्रमुखहरू

पातारासीका अध्यक्ष पूर्णसिंह बाेहाेरा, गुठीचाैरका अध्यक्ष दानबहादुर बुढा र कनकासुन्दरीका अध्यक्ष दामाेदर आचार्य भने उपस्थित थिएनन्।

त्यसरी कार्यक्रम स्थलमा सबैभन्दा अघि पुगेका थिए – नगरप्रमुख कठायत, त्यसपछि सिंजाका अध्यक्ष धिताल त्यहाँ पुगे। क्रमश: अन्य जनप्रतिनिधि पनि त्यहाँ पुगे। कार्यक्रममा पुग्ने जनप्रतिनिधिहरूलाई आयाेजकले पुष्पगुच्छा थमाउँदै बन्द काेठामा राखिरहेकाे थियाे। मञ्च कार्यक्रम सुरू भयाे। उनीहरूलाई त्यहाँ बाेलाइन।

जनप्रतिनिधि कार्यक्रम अवधिभर बन्द काेठामै बन्धक बनाइए। कार्यक्रम स्थल कस्ताे थियाे, देख्न समेत पाएनन्। उता औपचारिक समाराेह चलिरहेकाे थियाे। बन्द काेठामा बसेका उनीहरुको कानमा माइकको ठुलो आवाज परिरहेकै थियोे। आयाेजकले कार्यक्रममा बाेलाउने औपचारिकता समेत निभाएन। त्याे सिलसिला करिब दुई घण्टा चल्याे।

कार्यक्रम सकिएपछि भने जनप्रतिनिधिहरू बसिरहेकाे काेठामा आयाेजक जिल्ला प्रहरी कार्यलय जुम्लाका डियसपि छेदिलाल कामती आए। जनप्रतिनिधिहरूले व्यंग्यात्मक रूपमा शुभकामना दिए। कामतीले खानपिनमा सहभागी हुन आग्रह गरे पनि जनप्रतिनिधिहरूले अस्वीकार गरे। त्यसपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले पनि राेक्ने काेशिस गरेका थिए। तर, जनप्रतिनिधिहरूले आयाेजकले अपमान गरेकाे भन्दै गुल्मबाट बाहिरिए।

जिसस प्रमुख गाैरीनन्द आर्चाय भन्छन्, ‘निमन्त्रणा गरिएकाले स्वीकार गरेर गएका थियौं। तर आयाेजकले हाम्राे अपमान गर्‍यो। घण्टाैंसम्म अँध्याराे काेठामा राखियाे।’

स्मरणयाेग्य कुरा के छ भने, कार्यक्रममा उपस्थित हुन आचार्यलाई पत्रमात्र काटिएकाे थिएन। तीनपटक फाेनसमेत गरेकाे थियाे। उनीभन्छन्, ‘समयमै पुगिसकेका हामीलाई ९ बजेपछि तपाईंहरूसँग छुट्टै कार्यक्रम छ भन्दै काेठामा राखियाे। त्याे अरु कुनै कार्यक्रम नभएर प्रजिअलाई प्रमुख अतिथि बनाउन गरिएकाे प्रपन्च थियाे। प्रहरी दिवसमा प्रजिअ प्रमुख अतिथि हुने विषयमा जानकार छाैं। तर निमन्त्रणा गरेर सिधै काेठामा बन्धक बनाउने प्रशासन र प्रहरीकाे नियत ठिक भएन। जनप्रतिनिधि माथिकाे ठाडाे अपमान हाे। हामीलाइ प्रमुख अतिथिको कुर्सी चाहिएकाे हाेइन। बाेलाइसकेपछि बन्द काेठा मा किन राखियाे?’

तिला गाउँपालिकाका अध्यक्ष माेतिलाल राेकाया पनि आयाेजकले आतिथ्यताका लागि बाेलाएर बेवास्ता गरेकाे गुनासाे गरे। ‘निमन्त्रणा आएपछि हामी गयाैं। बन्द काेठामा राखियाे। समाराेहमा उपस्थित नै गराइएन। पछि हामी भात खान आएका हाेइन भनेर फर्कियाैं,’ उनले भने।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले पनि आयाेजककाे ढंग पुर्‍याउन नसकेकाे बताए। उनले भने, ‘हामी शुभकामना दिन गएका थियाैं। भात खान मात्रै बाेलाइएकाे जस्ताे देखियाे। औपचारिक समाराेहमा पनि बाेलाउनु भएन। हाम्रा कुरा राख्याैं अनि फर्कियाैें।’

आयाेजक जिल्ला प्रहरी कार्यलय जुम्लाले कार्यक्रम गर्दा ढंग नपुर्‍याएकाे देखिन्छ। जनप्रतिनिधिहरूकाे असन्तुष्टि औपचारिक समाराेहमा नबाेलाइएकाे मात्रै हाेइन मर्यादाक्रम नमिलेकाे तर्फ पनि छ। सिंजाका अध्यक्ष धितालले जनप्रतिनिधिलाई बाेलाइसकेपछि आयाेजकले जिसस प्रमुखलाई नै प्रमुख अतिथि बनाउनु पर्थ्याे। त्यसाे गरेन। कमजोरी भयाे। अन्तिममा आफ्ना कुरा गरेर फर्किएकाे उनले बताए।

राष्ट्रिय मर्यादा सम्बन्धि विधेयक २०७९, जुन २०८० कात्तिक १३ गते राष्ट्रिय सभाबाट पारित भएकाे थियाे। विधेयककाे अनुसूचि १ र दफा ३ बमाेजिम नेपाल सरकारका उपसचिव राजपत्रांकित द्वितीय श्रेणीकाे मर्यादाक्रमकाे २० औं नम्बरमा छ। जुम्लामा सीडीयाे शाही उपसचिव हुन। जबकी जिल्ला समन्वय समितिकाे प्रमुखकाे मर्यादाक्रम १७ औं, नगरपालिका प्रमुखकाे मर्यादाक्रम १८ औं र गाउँपालिका अध्यक्षकाे मर्यादाक्रम १९ औं नम्बरमा छ। जिल्लाका जनप्रतिनिधिहरूले यही यथार्थ प्रहरी प्रमुखलाई सम्झाउन खाेजेका हुन्।

यस विषयमा बुझ्न खाेज्दा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कार्यक्रमकाे सेड्युल नमिल्दा बुझाइमा फरक परेकाे बताए। उनका अनुसार दुई चरणकाे कार्यक्रम थियाे। समय नमिल्दा उहाँहरूले असन्तुष्टी व्यक्त गर्नु भएकाे हाे। सुरक्षाकाे कार्यक्रमपछि जिसस प्रमुखकाे प्रमुख आतिथ्यतामा छुट्टै कार्यक्रम थियाे। आयाेजकले पनि यस्ता कार्यक्रममा ध्यान दिनुपर्नेमा उनले जाेड दिए।

 

प्रहरी दिवसमा  जुम्लाका प्रजिअ  रामबहादुर शाही

प्रजिअ शाहीले आफ्ना व्यवस्थापकीय कमजोरी लुकाउन जनप्रतिनिधिसँग छुट्टै कार्यक्रम रहेको भनेपनि यसअघिका कुनैपनि प्रहरी दिवसमा औपचारिक समारोह र जनप्रतिनिधिसँग छुट्टै कार्यक्रम गरेको कुनै नजिर छैन।

यद्यपि डीएसपी कामती भने सुरक्षा र जनप्रतिनिधिकाे छुट्टै कार्यक्रम रहेका वाक्य दोहोर्‍याउँछन्। उनी भन्छन्, ‘प्रजिअकाे प्रमुख आतिथ्यतामा सुरक्षा निकायकाे छुट्टै कार्यक्रम थियाे। त्यसपछि जनप्रतिनिधिकाे थियाे। उहाँहरूकाे बुझाइमा फरक पर्‍यो।’

 प्रहरी दिवसमन प्रजिअ शाही र डियसपि कामती

उनले छुट्टै कार्यक्रम रहेकाे जिकिर गरे पनि साेही कार्यक्रममा वडाअध्यक्षहरू भने सहभागी थिए। जिसस प्रमुखसहित जिल्लाका स्थानीय सरकार प्रमुखलाई सहभागी नगराइएकाे कार्यक्रममा चन्दननाथ नगरपालिका १ का वडाअध्यक्षले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। यसरी औपचारिक कार्यक्रम सकिएको थियो।

समग्रमा आयाेजक जिल्ला प्रहरी कार्यलयले कार्यक्रम गर्दा ढंग नपुर्‍याएकाे देखिन्छ। प्रमुख जिल्ला अधिकारीकाे व्यवस्थापकीय पाटाे पनि कमजाेर नै देखियाे। आफू प्रमुख अतिथि हुने कार्यक्रममा आएका जनप्रतिनिधि बन्द काेठामा बसालेर, यता ओैपचारिक समाराेह सुरु गर्नु, मञ्चमै नबाेलाई सिधै भात खान जाउँ भन्नुले जनप्रतिनिधिलाई पेलेर लिने प्रजिअकाे स्पष्ट नियत देखिन्छ। जुन सर्वथा अस्वीकार्य हुन सक्ने सम्भावना छ।

प्रहरी दिवस समापनपछि सामुहिक तस्बिर खिचाउँदै सहभागी

अहिले यो विषय चिया पसलको मसला बनिरहेको छ। सामाजिक संजाल तताउने भुसको आगो बनेको छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने प्रहरी दिवस मनाउने औपचारिक कार्यक्रममा कि जनप्रतिनिधि बोलाउनु भएन। यदि बोलाउने हो भने प्रजिअ प्रमुख अतिथि हुनु भएन। नेपाल सरकारको मर्यादाक्रम मिचिने गरि औपचारिक कार्यक्रम आयोजना त हुनै भएन। यदी हुने हो भने कानुन बनिसकेको नेपाल सरकारको मर्यादाक्रम मिच्न पाइँदैन।