जुम्लाकाे पाँचौ वडाकाे रूपमा कनकासुन्दरी-५ बालविवाह मुक्त घाेषणा

जुम्ला : जिल्लाकाे कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ लाई बालविवाह मुक्त घाेषणा गरिएकाे छ । शनिबार एक समाराेहका बीच कनकासुन्दरी कै पहिला वडाकाे रूपमा बालविवाह मुक्त घाेषणा गरिएकाे हाे ।

जुम्ला जिल्लाकाे भने चाैथाे वडा हाे । यसअघि पातारासी-४,तिला-६,गुठीचाै-४ र हिमा-१ बालविवाह मुक्त वडा घाेषणा भइसकेका छन् ।

` बिहेवारी २० वर्ष पारी,हामी सबैकाे ऐेक्यबद्वता,बालविवाह मुक्त कनकासुन्दरी गाउँपालिकाकाे प्रतिबद्धता´भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएकाे थियाे ।


सरकारले सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त मुलुक घाेषणा गर्ने लक्ष्य लिएकाे छ । कनकासुन्दरीमा आठ वटा रहेका छन् ।

वडाकाे बालविवाह सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै कनकासुन्दरी – ५ वडा सचिव हिमाली भण्डारीले वडाले बालविवाह मुक्त सम्बन्धि १५ वटा सुचक पुरा गरेकाेले घाेषणा गरिएकाे बताइन् । वडा नम्बर ५ मा ५ वटा बस्ती रहेका छन् ।

उक्त अवसरमा बाेल्दै वडाअध्यक्ष बडुवालले पालिकाकै पहिलाे वडाकाे रूपमा बालविवाह मुक्त हुनु नमुनायाेग्य कार्य भएकाे बताए । उनका अनुसार आगामी दिनमा घाेषणालाई पूर्णरूपमा कार्यान्वयन गरिनेछ ।

उनले वडामा अबदेखि बालविवाह हुनै नदिने प्रतिबद्धता व्यक्त गरे ।गाउँपालिकाका अध्यक्ष दामाेदर आचार्यले गाउँपालिका नै बालविवाह मुक्त गर्ने नीति लिइएकाे बताए ।

बालविवाह मुक्त वडा घाेषणा कार्यक्रम कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विष्णु बहादुर बडुवालकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दामाेदर आचार्यकाे प्रमुख आतिथ्यतामा बालविवाह वडा मुक्त कायर्यक्रम सम्पन्न भएकाे हाे ।

कनकासुन्दरी गाउँपालिकाकाे आयाेजना र सहयाेग आत्मसम्मानका लागि सहकार्य, प्लान इन्टरनेशनल ,पेश नेपाल बालविवाह विरूद्व साझा अभियान सञ्जालकाे सहयाेगमा कार्यक्रम सम्पन्न भएकाे हाे