जुम्ला: जिल्लाको तातोपानी गाउँपालिकाका पत्रकार संगठित भएका छन् । तातोपानी गाउँपालिकामा स्थायी ठेगाना भइ जिल्ला तथा बाहिरी जिल्लामा क्रियाशिल सञ्चारकर्म गरिरहेका पत्रकार तथा सञ्चारकर्मीहरु संगठित भएका हुन् । बुधबार सम्पन्न तातोपानीका पत्रकारहरुबीच भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गरेर तातोपानी पत्रकार मञ्च गठन गरिएको छ ।
भेलाले पत्रकार सागर परियारको अध्यक्षतामा ९ सदस्यीय मञ्च गठन गरिएको हो । अध्यक्ष परियार नेपाल पत्रकार महासंघ जुम्लाका सह सहसचिव हुन् । उनी कर्णाली पोष्ट दैनिकका सम्पादक तथा रेडियो नेपाल र कारोबार दैनिकका लागि जुम्ला संवाददाताका रुपमा कार्यरत छन् ।
मञ्चको उपाध्यक्षमा लक्ष्मी न्यौपानेलाई चयन गरिएको छ । उनी रेडियो नारी आवाज जुम्लाकी स्टेशन म्यानेजर हुन् । रेडियो खुल्ला आकाश र राजधानी दैनिकका लागि जुम्ला संवाददाता मानबहादुर कुँवरलाई सचिवको जिम्मेवारी प्रदान गरिएको छ । सह सचिवमा प्रकाश कामी चयन भएका छन् । उनी जुम्लादर्पण डटकमका कार्यकारी सम्पादक हुन् । रेडियो खुल्ला आकाशमै कार्यरत सरिता पराजुलीलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।
सदस्यहरुमा कृष्णमाया उपाध्याय, बरमराज कामी, डिल्ली कामी र दशरथ चनरा चयन भएका हुन् । उनीहरु क्रम विविसी नेपाली सेवा, जुम्लादर्पण डटकम र कर्णाली पोष्ट दैनिकमा कार्यरत छन ।
यस्तै भेलाले अग्रह पत्रकार तथा प्राध्यापक प्रकाश चन्द्र खत्रीको संयोजकत्वमा पाँच सदस्यी सल्लाहकार समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा क्रमश खड्कबहादुर स्वार (केबी जुम्ली ),पूर्णप्रसाद चौलागाई, नन्दराम जैशी र शुभाकर विश्वकर्मा रहेका छन् ।
उक्त भेलामा तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द्रप्रसाद चौलागाई, प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतको सहभागिता रहेको थियो ।
जुम्ला दर्पण । १७ फाल्गुन २०७९, बुधबार १४:१४