डिल्ली अन्जान
जुम्लाको तातोपानी गाउँपालिकाले पनि आफ्नो सय दिनको कार्य प्रगति बिवरण सार्वजनिक गरेको छ । स्थानीय चुनाव २०७९ वाट निर्वाचित भए पछि जुम्लाको तातोपानी गाउँपालिका का नयाँ जनप्रतिनिधिहरुले सय दिन पुगे संगै आफ्नो प्रगति बिवरण सार्वजनिक गरेका छन ।
अध्यक्ष नन्दप्रसाद चौलागाईंले कार्य भार सम्हालेको एक सय दिन पुगे पछी उहाँले सय दिनको अबधि मा आफुले गरेका काम अर्थात प्रगति बिवरण सार्वजनिक गरेका छन ।
यस्ता छन तातोपानी सरकारले गरेका नमुना कार्यहरू
१.आ ब २०७९/०८० को वार्सिक नीति बजेट तथा कार्यक्रम को सर्वसम्मत पारित एबम सार्वजनिकरण
२.आ ब ०७८/०७९ का योजना तथा कार्यक्रम हरुको उपाध्यक्ष ज्यु को संयोजकत्व मा सघन अनुगमन ।
३.सबै गैरसरकारी निकाय संग समन्वय सहकार्य ।
४.सबै बिद्यालयमा अध्यक्ष एवं उपाध्यक्ष ज्यु बाट सघन अनुगमन ।
५. गाउँपालिका अध्यक्ष र प्रमख प्रशासकिय अधिकृत र प्रमुख प्रशासकिय तथा अन्य शाखा बीच नेपालमै पहिलो कार्यका रुपमा कार्यसम्पादन सम्झौता भएको ।
६.जिल्ला समन्वय समितिको प्रमुख आतिथ्यता तथा पदाधिकारीको सहभागिता मा सम्पुर्ण शाखाहरुको आ ब २०७८/०७९ को बार्सिक प्रगती समिक्षा सप्पन्न ।
७.गाउँ गौरवका बहुबर्षिय योजनाहरु को निर्माणकार्य मा तिब्रता दिन अनुगमन र नपुग बजेट ब्यबस्थापन का लागि अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत लगायतका पदाधिकारी हरुबाट प्रदेश र सङघिय मन्त्रालय मा पहल भएको
८.पालिका लाई आबस्यक स्थानीय ऐन नियमावली कार्यविधि र मापदण्ड हरुको संसोधन र तर्जुमा का लागि बिधायन समितीबाट कार्य प्रारम्भ गर्न कार्यपालिका को समय सिमा सहित को निर्देशन भएको
९.चालू आब ०७९/०८० को स्वीकृत योजना हरुको संचालन विधि र प्रकृया अनि समयसिमा को कार्यपालिका बाट निर्धारण ।
१०.पालिकाका शाखा हरुबाट सञ्चालन हुने गरी स्वीकृत कार्यक्रमको सुरुवात
११.सुशासन प्रबद्र्धन एबम प्रसासन सुधार कार्ययोजना तर्जुमा गन प्रमुख प्रशासकिय अधिकृतलाई दिइएको ।
१२.पालिका अन्तर्गतका वडा कार्यालय,स्वास्थ्य सस्थाहरु र बिद्यालयहरुको सघन अनुगमन गर्ने तालिका को निर्धारण
१३.असोज अन्तिम सम्म उपभोक्ता समिति गठन गरिसक्ने लक्ष्य अनुसार सबै वडा हरुमा उपभोक्ता समिती भईरहेको र उपभोक्ता समिती गठन को समयसिमा सहित को सर्भे समेत भईरहेको ।
१४.ठेक्का प्रक्रिया बाट निर्माण सम्पन्न गर्ने भनी कार्यपालिकाले निर्धारण गरेका योजना हरुको ठेक्का सुचना गर्ने तालिका को निर्धारण गरिएको
१५.भुमि सम्बब्धी समस्या समाधान को लागि तातोपानीमा पहल कदमी सुरु १६ तातोपानी टाइमस लागु भइ पुर्ण कार्यान्वयन हुनुका साथै प्रभावकारीकता देखिएको
१७.दर्ता चलानी सिफारिस एवम राजस्व सफ्टवयरको सुरुवात
१८.आ व २०७९÷८० योजनाहरु निर्माण कार्य बैशाख भित्र सकि भुक्तानी पनि बैशाख अन्तिम सम्म दिएर सक्ने लक्ष्य अनुसार काम अघि बढेको ।
१९.पाँच सैया आधारभुत अस्पताल को टेन्डर प्रक्रिया अगाडी बढेको
२०.पालिका स्तरीय कुनै पनि कार्यक्रममा सम्मानका लागि प्रयोग हुने खादा पुर्ण रुपमा बन्द गरिएको ।
२१.तातोपानी गाउँपालिकाको आफ्नै एम्बुलेन्स संचालनमा आएको ।
२२.गाउँपालिकामा इलोक्टोनिक सूचना बोर्ड जडान गरिएको ।
२३.डिजिटन नागरिक वडापत्र आइसकेको र संचालन हुने तयारीमा रहेको ।
जुम्ला दर्पण । १८ भाद्र २०७९, शनिबार २१:५०