चन्दननाथका मेयर भन्छन् : वडाअध्यक्षहरू पुर्वाग्राही भए,राजनीतिक रंग सह्य हुदैन

मेयर र उपमेयरकाे एउटै स्वर : बजेटमा मनाेमानी गरेका छैनौं

शुभाकर विश्वकर्मा,जुम्ला
चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले वडा प्रमुखहरू पुर्वाग्राही भएकाे आराेप लगाएका छन् । आफु सधै सहकार्य र सहमतिकाे पक्षमा भएपनि जनप्रतिनिधिहरूमा पुर्वाग्रह देखिएकाे उनले बताएका हुन् ।

शनिबार नगरपालिकामा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै नगरप्रमुख कठायतले केही वडाअध्यक्षहरूमा पुर्वाग्रह देखिएकाे बताएका थिए । केही समयअघि नगरपालिकाका केही वडाअध्यक्षहरूले नगरप्रमुख र उपप्रमुखले बजेट कब्जा गरेकाे आराेप लगाएका थिए ।

वडाहरूमा मनाेमानी रूपमा बजेट विनियोजित गरिएकाे भन्दै उनीहरूले प्रेस विज्ञप्ति निकालेरै नगरप्रमुख र उपप्रमुखकाे कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए । दुवैजनाले बजेट कब्जा गरेकाे र बजेट विनियोजनमा मनाेमानी गरेकाे वडाअध्यक्षहरूकाे आराेप थियाे ।

वडाअध्यक्षहरूकाे आराेप खण्डन गर्दै उनले भने,`हामीले कसैलाई काखा र पाखा गरेका छैनाै । सबै वडामा समान रूपमा बजेट विनियोजन गरिएकाे छ । नगरप्रमुख र उपप्रमुखले बजेट कब्जा गरे भन्नु पुवर्वाग्रह मात्रै हाे । ´

उनले विकास निर्माणमा पार्टीगत र राजनीतिक रंग सह्य नहुने चेतावनी समेत दिए । यस्तै नगरपालिकामा कुनैपनि सेवाग्राहीले दु:ख नपाउने गरी काम गरिने उनकाे दाबी छ ।  नगर प्रमुख कठायतका अनुसार राजस्व बाँडफाँड शीर्षकमा प्रत्येक वडामा १६/१६ लाख रूपैयाँ विनियोजन गरिएकाे छ ।

पत्रकार सम्मेलनमा पत्रकारहरूले बसपार्क सञ्चालन, सुन्दर चन्दननाथकाे नारा,फाेहाेर व्यवस्थापन,रिङराेड सञ्चालन,केबुलकार,मिडियासँग समन्वय  र नगरप्रमुखकाे अभिव्यक्तिका बारेमा जिज्ञासा राखेका थिए ।

  पत्रकारहरूले साेधेका प्रश्नहरूकाे जवाफ दिदैँ उनले आफूहरू निर्वाचित भएर आइसकेपछि राम्रा कामकाे सुरूवात भएकाे क्रमश परिणाम देखिदै जाने बताए । स्वच्छ जुगाडखाेलाकाे याेजना अघि सारिएकाे उनले बताए । त्यसकाे लागि डीपीआर तयार भइसकेकाे उनकाे भनाइ छ ।

धिमिमा केबुलकारका लागि डीपीआर सम्पन्न भएकाे उनले बताए । सुरक्षित नगरका लागि सिसिटिभी क्यामरा जडानका लागि ३० लाखकाे डिपीआर सम्पन्न भएकाे र छिट्टै जडान हुने उनले बताए ।
उक्त अवसरमा बाेल्दै उपप्रमुख रामदेवी खड्काले नगरकाे भाैतिक विकास र सामाजिक विकासलाई जाेड दिइएकाे बताइन्  । उनका अनुसार विकासमा कुनैपनि वडाहरूलाई विभेद गरिएकाे छैन ।

सबैलाई समेटेर आवश्यकतामा आधारित भएर बजेट विनियोजन गरिएकाे उनकाे भनाइ छ ।  चुनावमा निर्वाचित भएलगत्तै राज्यले दिने सेवासुविधा नलिने  घाेषणा गरेकी खड्काले कार्यविधि बनाएर व्यवस्थित बनाउन लागिएकाे जानकारी दिइन् ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्याैपानेले कर्मचारी संयन्त्रलाई चुस्तदुस्त बनाइने बताए । नगरपालिकालाई सेवाग्राही मैत्री बनाउनेपनि उनले बताए ।

उनी  प्रमुख प्रशासकीय अधिकृत आएकाे एक साता भएकाे छ । एक साताकाे अवधिमा सामाजिक सुरक्षा भत्ता बैंकमार्फत हाल्ने व्यवस्था गरिएकाे उनकाे भनाइ थियाे ।