एनएसएलको उदयीमान खेलाडी बने जुम्लाका सन्तोष खत्री

जुम्ला :  शनिबार दशरथ रंगशालामा सम्पन्न नेपाल सुपर लिगमा जुम्लामा सन्तोष खत्री उदयीमान खेलाडी बनेका छन् । ललितपुर सिटी एफसीबाट एलएसलको उपाधिसमेत जितेका खत्री तेस्रो संस्करणका उदयीमान खेलाडी घोषित भएका हुन् ।

डिफेन्सिभ मिडफिल्ड खत्रीले प्रतियोगिता अवधिभर एक गोल गरे । प्रतियोगितकै उदयीमान खेलाडी बनेका उनले एक लाख रुपैयाँ हात पारेका छन् । यस्तै पोखरा थन्डर्सका आयुष घलान सर्वोत्कृष्ट खेलाडी घोषित भए । पोखरा थन्डर्सकै एभेस प्रीसो उत्कृष्ट गोलकिपर घोषित भएका हुन् ।

धनगढी एफसीका अहमद हिजाजी सर्वाधिक गोलकर्ता बने भने ललितपुर एफसी मनिकुमार लामा मस्ट इनर्जेटिक प्लेयर र नेपाली महिला फुटबल टोलीकी सदस्य प्रीति राई
गुड विल एम्बाष्डर भइन् ।