जुम्ला : नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले सिञ्जा सभ्यता विधेयक नरेश भण्डारीले सुरूवात गरेकाे बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका शाहीले फेसबुकमा स्ट्याटस् लेख्दै सिञ्जा सभ्यता विधेयक नरेश भण्डारीले सुरूवात गरेकाे बताएका हुन् ।
उनले लेखेका छन्,`सिञ्जा सभ्यताकाे विधेयक सुरूवात गर्ने पुर्व माननीय नरेश भण्डारी हुन् । काम गरेकाे जस दिउ । पार्टी बेपार्टी नभनाै ।´ राप्रपाका नेता ज्ञानेन्द्र शाहीतर्फ लंक्षित गर्दै उनले कर्णाली प्रदेश सभामा गैर सरकारी विधेयक पेश गरेकाे बताएका छन् ।
यहीँ कात्तिक १० गते सिञ्जामा आयाेजित आमसभामा सिञ्जा सभ्यता विधेयक आफूले लेखेकाे बताएका थिए । प्रदेशमा आर्थिक सम्भावना नभएपछि विधेयक अघि नबढेकाे शाहीकाे भनाइ छ ।
भण्डारी कै प्रयासमा तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई अनुराेध गरेर विधेयक अघि बढेकाे कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका शाहीले उल्लेख छ ।
शुभाकर विश्वकर्मा । १६ कार्तिक २०८१, शुक्रबार १४:०२