अनेम संघ जुम्लाको अध्यक्ष भागरथी शाही चयन

जुम्ला : अखिल नेपाल महिला संघ जिल्ला कमिटी जुम्लाको अध्यक्षमा भागरथी शाही चयन भएकी छन् । संघको नवौ जिल्ला सम्मेलनबाट अध्यक्ष अध्यक्षतामा संघको जिल्ला कमिटी चयन गरिएको हो ।

संघको उपाध्यक्षहरुमा कविता बुढा र मनसोभा कामीलाई चयन गरिएको हो । संघको सचिवमा सिर्जना शाही,सह सचिवमा जयदेवी बुढा र कोषाध्यक्षमा बसन्ती शाही लाई चयन गरिएको हो ।