वडा सदस्यलाई एक मतले पछि पार्दै अखिल (क्रान्तिकारी) जुम्लाकाे अध्यक्ष बने धमर्मराज रावल

मृत्युकाे मुखबाट बचेर विद्यार्थीकाे नेतृत्वमा रावल

जुम्ला : अखिल (क्रान्तिकारी) जुम्लाको अध्यक्षमा धमर्मराज रावल निर्वाचित भएका छन् । बिहीबार अध्यक्षका लागि भएकाे निर्वाचनमा एक मतान्तरले प्रतिष्पर्धीलाई पछि पार्दै रावल अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा विजयी भएका रावलले भने ३९ मत प्राप्त गरे । उनी तातोपानी-३ का स्थायी बासिन्दा हुन् । पारिवारिक रूपमा माओवादी पृष्ठभूमिमा हुर्किएका रावल विद्यालय तहदेखि अखिल (क्रान्तिकारी)मा सक्रिय थिए ।

विभिन्न आराेह अवराेह पार गर्दै अध्यक्ष बनेका रावल जिल्ला तहकाे नेतृत्वमा पुग्न सफल  भए ।


अध्यक्ष पदका लागि रावलसँग नरेन्द्र सेजुवालले उम्मेदवारी दिएका थिए । उनले कल ३८ मत प्राप्त गरे । अध्यक्षमा पराजित सेजुवाल अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् । चन्दननाथ-२ का वडा सदस्यसमेत रहेका सेजुवाल एक मतले पछि पर्दै अध्यक्ष हुनबाट वन्चित हुन पुगे ।


मतदान अधिकार प्रतिनिधि ८६ मध्ये ८४ मत खसेकाे थियाे । सात वटा मत बदर भएका थिए । अन्य पदाधिकारीमा भने सहमति भएकाे थियाे ।
जसकाे वरिष्ठ उपाध्यक्षमा सन्तोष आचार्य, उपाध्यक्षमा कनिस्टा विश्वकर्मा र सचिवमा प्रेम सिंह सुनार चयन भएका हुन् ।

यस्तै सह-सचिवहरूमा मान बहादुर बुढा र हेम प्रकाश हमाल र काेषाध्यक्षमा सलिना सिंहसहित ४५ सदस्यीय जिल्ला समिति निर्वाचित भएका हुन् ।