जुम्ला आउँदै विश्व प्रसिद्ध नेत्र विशेषज्ञ सन्तुक रूइत

जुम्ला : नेत्र विशेषज्ञ डा. सन्दुक रूइत जुम्ला आउँदैछन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयाेजना हुने माेतिविन्दुकाे नि:शुल्क शल्यक्रियाका लागि रूइत जुम्ला आउन लागेका हुन् । प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलका अनुसार प्रतिष्ठानमा भाद्र २२ देखि २४ गतेसम्म नि:शुल्क आँखा शिविर आयाेजना हुँदैछ ।

उनले यहीँ भाद्र २३ गते  प्रतिष्ठानमा हुने आँखा विभागकाे उद्घाटनसहित शिविरका लागि डाक्टर रूइत जुम्ला आउन लागेका हुन् । रूइतकाे उपस्थितिमा माेतिविन्दुकाे नि:शुल्क शल्यक्रियासमेत हुनेछ ।

अहिले प्रतिष्ठानले जिल्लाका चार स्थानमा आँखा शिविर गरिरहेकाे छ । आइतबार भाद्र १६ गते  पातारासी गाउँपालिकाे डिल्लीचाैर स्वास्थ्य चाैकीमा शिविर सञ्चालन भइसकेकाे उपकुलपति रावलले बताए ।

साेमबार  गुठीचाैर गाउँपालिकाकाे गुठीचाैर आधारभुत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएकाे छ । भाद्र १९ गते तातोपानी गाउँपालिकाकाे ताम्ती स्वास्थ्य चाैकी लामाचाैरमा  र  २० गते  सिंजा गाउँपालिकाकाे नराकाेट स्वास्थ्य चाैकीमा शिविर हुने उनकाे भनाइ छ ।

चार स्थानमा भएका शिविरबाट छनाैट भएका आँखाका बिरामीकाे २२ देखि २४ गतेसम्म शल्यक्रिया हुनेछ ।