जुम्ला । आज २७ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवश जिल्लामा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ । “भुकम्पले सिकाएको पाठ: बलियाे संरचना र सुदृढ पूर्वतयारीकाे साथ” भन्ने मुल नाराका साथ २७ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवश मनाइएकाे हाे
जिल्ला प्रशासन कार्यालय जुम्लाकाे आयाेजना र वल्ड भिजन ईन्टरनेष्नल नेपाल, किर्डाक नेपाल, पेश नेपाल, कारितास नेपाल, नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा जुम्लाको समन्वयमा २७ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवश मनाइएकाे हाे ।
वि.सं. १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेट जाँदाको नेपालमा आएको महाभूकम्पको स्मृतिमा वि.सं २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भुईंचालो वा भूकम्प वा भैचालो भूगर्भीय गडवडीबाट पैदा हुने पृथ्वीको कम्पन हो। पृथ्वीको माथिल्लो भागमा कारणवस पृथ्वीको आन्तरिक ऊर्जा मिश्रित भएर हुन जाने भू-थलको कम्पनलाई नै भुईंचालो भनिन्छ ।
जुम्ला बजार परिक्रमा पछि जिल्ला प्रशासन कार्यालयमा संचालन गरिएको अन्तरक्रिया कार्यक्रममा सघन शहरी तथा भवन निर्माण आयाेजना जुम्लाका सि,डि,ई राजेन्द्र खतिवडाले नेपालमा के कारणले भुकम्प गइरहेकाे छ भन्ने कुरा हामी सबैले गहन तवरमा लाग्नु पर्ने बताए । राष्ट्रिय भूकम्प सुरक्षा दिवस नेपालमा प्रत्येक वर्षको माघ २ गते मनाइन्छ तर भुकम्प बाट हुने हानी नाेक्सानीकाे न्युनिकरणमा चुनाैती देखिएकाे बताए ।
उनका अनुसार स्थानीय स्रोत र प्रविधिको प्रयोगले भूकम्प थेग्ने घर-संरचनाहरु बनाएर भूकम्पीय जोखिम बाट बच्न अहम भुमिका खेल्ने भएकोले यस वर्षको भूकम्प सुरक्षा दिवसको नारामा तिनै स्थानीय स्रोत र प्रविधिको प्रयोग गर्ने कुरामा जोड दिइएको जानकारी गराए ।
वि.सं २०७२ सालमा गाेर्खाकाे बारपाक केन्द्रबिन्दु भएर आएकाे ७.८ रेक्टर स्केलकाे महाभुकम्पले नेपाल तहसनहस बनाएकाे थियाे ।भूकम्पबाट कुल १० लाख ७२ हजार ९३ निजी घरहरुमा क्षति पुगेको थियाेल। ती मध्ये ७ लाख ७३ हजार ९५ घरहरु पूर्ण रूपमा क्षति हुनुका साथै २ लाख ९८ हजार ९९८ घरहरु आंशिक रूपमा क्षति भएका थिए ।
भूकम्पबाट ८ हजार ९ सय ६२ मानिसहरुको मृत्यु तथा २१ हजा, ९ सय ५२ घाईते भएकाे कुरा पनि कार्यक्रममा स्मरण गरिएको थियाे ।यस्तै २०८० साल कार्तिक १७ गते राति २३:४७ बजे जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर आएकाे ५.७ रेक्टर स्केलकाे भूकम्पले ९ हजार भन्दा वढी घर पूर्ण रुपमा भत्किएका र २४ हजारभन्दा बढी घरमा आंशिक क्षति गर्नुका साथै १ सय ५३ जनाकाे मृत्यु भएको थियाे ।
आयाेजना प्रमुख खतिवडाका अनुसार सबै नयाँ घर तथा संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु पर्ने, कमजोर भवनहरुको भूकम्पीय प्रवलिकरण गर्ने, गैर संरचनात्मक वस्तुहरु – बलियो र सुरक्षितसँग बनाउने र सम्पूर्ण नयाँ विकास निर्माणमा भूकम्पलाई विचार पुऱ्याउने बताए ।
बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ (पहिलो संसोधन २०७३) अनुसार राष्ट्रिय भवन संहिता, भवन ऐन २०५५, भवन आंचार संहिता २०६०, नगर विकास ऐन २०४५ मा टेकेर भवन निर्माणमा लाग्नु पर्ने उनकाे धारणा रहेकाे छ ।
यस्तै सरकारी भवनहरु भूकम्प प्रतिरोधात्मक बनाउने जिम्मा शहरी विकास तथा भवन निर्माण विभागको र व्यक्तिगत घरहरु बनाउने जिम्मा गाउँपालिका तथा नगरपालिकाको रहेकाे जानकारी दिए ।
यस्तै कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले सबै पालिकाले नयाँ बन्ने भवनकाे नक्सा पास अनिवार्य गराउनु पर्ने । उनका अनुसार घरहरूकाे जाेखिम मुल्यांकन गरेमा जाेखिम बाट बच्न सकिने बताए ।
बिकासका पुर्वधार निर्माण गर्दा पनि हरेक क्षेत्रमा ध्यान पुर्याउन पर्ने उनकाे भनाइ छ । कार्यक्रममा जिल्लाका सराेकारवाला निकाय, सुरक्षाकर्मि र आम नागरिककाे उपस्थिति रहेकाे थियाे ।
डिल्ली कामी । २ माघ २०८१, बुधबार १४:२४