रकम हिनामिना गरेको आरोपमा वडाअध्यक्षसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर( प्रमाणसहित)

जुम्ला : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु, सोरु गाउँपालिका वडा नम्बर ४ स्थित दैरीखोला रावलवाडा तटबन्धन कार्यक्रम उपभोक्ता समितिका अध्यक्षसमेतले तटवन्ध निर्माणको लागि आएको तारको जाली बिक्री गरी रकम हिनामिना गरेको आरोपमा ६ जना विस्द्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उक्त आयोजनाको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार सोरु गाउँपालिका वडा नम्बर ४ स्थित दैरीखोला रावलवाडा तटबन्धन आयोजनामा कार्यको मूल्याङ्कनभन्दा बढी  १८,१०,०८४।९६ भुक्तानी लिनेरदिने गरी आफूलाई गैरकानूनी लाभ पुर्‍याई नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याएको ठहर गर्दै उनीहरुलाई सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठ र सव इन्जिनियर दानबहादुर बुढाथापाले उक्त आयोजनाको झुठो बिल भरपाईको आधारमा यथार्थ नापचाँज नगरी उपभोक्ता समितिको प्रतिवेदन स्वीकृत गरेको आरोप लागेको छ । आयोगले श्रेष्ठ र बुढालाई अठार लाख दश हजार चौरासी रुपैयाँ बयानब्बे पैसा विगो मागदावी गरिएको छ ।

यस्त दैरीखोला रावलवाडा तटबन्धन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष हस्तविर दमाई, सचिव लोकजंग दमाई र कोषाध्यक्ष भीमलाल दमाईलाई पनि अठार लाख दश हजार चौरासी रुपैयाँ बयानब्बे पैसा रुपैयाँ मागदाबी गरेको छ । भने सोरु गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष डवले शाहीलाई पनि उक्त मुद्दामा दोषी देखाइएको छ ।