मुगुमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

मुगु : मुगुको साेरु गाउँपालिका वडा न ६ साेरुकाेट स्थित बन्जा माेड नजिक बोलेर जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान ८ बजे साेरु गाउँपालिकाबाट गमगढि आउदै गरेको
ग १ ज ६४६७ नम्बरको बोलेरो जिप बन्जा नजिक पुगेपछि ब्रेक फेल भई जिप सडकबाट करिब १सय२० मिटर तलखसेको थियोे ।

जिप दुर्घटनामा परि जिप चालक सोरु गाउपालिका वडा न ३ भिई गाउँ बस्ने वर्ष ३८ नर बहादुर बुमि काे घटना स्थलमा मृत्युु भएको भने जिपका सहचालक सामान्य घाइते भएका छ्न ।

साथै उद्वारकाे लागि ईलाका प्रहरी कार्यालय साेरुकाेटबाट प्रहरी नायव निरिक्षक चक्र बहादुर बुढा काे कमाण्डमा ४ जना खटिएकाे उक्त लास लाई १०:१५ बजे साेरुकाेट पुर्याई साेरु स्वास्थ्य चाैकि राखिएको बताईएको छ।

लास मृतककाे आफन्त आएर बुझेपछि पाेष्टमाेटमकाे लागि जिल्ला अस्पताल ठिनिमा ल्याउने तयारी भएको छ ।