उद्योग वाणिज्य संघ जुम्लाको नेतृत्व सर्वसहमत चयन

उद्योग वाणिज्य संघ जुम्लाको जुम्लाको नयाँ कार्यसमिति सर्वसहमत रुपमा चयन गरिएको छ । शनिबार सम्पन्न चुनावी साधारण सभाबाट १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत रुपमा चयन गरिएको छ । जसको अध्यक्षमा व्यवसायी दिल बहादुर रोकाय अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

संघको वाणिज्य तर्फमा उपाध्यक्षमा डम्बर कुमारी खड्का, उद्योगतर्फ उपाध्यक्षमा बालकृष्ण बुढा, महिला उपाध्यक्षतर्फ सुनिता श्रेष्ठ चयन भएका छन् । संघको महासचिवमा देवेन्द्रराज उपाध्याय, कोषाध्यक्षमा अनुपमा रोकाया निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।

खुल्ला सदस्यामा मन्न थापा, मेगराज देवकोटा, टेकेन्द प्रसाद नगरकोटि, भगवती थापा, राष्टु कठायत, महिला सदस्यमा रम्बा भण्डारी, जनजाती सदस्यमा नन्द बहादुर गुरुङ, दलित सदस्यतर्फ हरि बहादुर सार्की, एसोसिएट सदस्य रवि मनिहार, वस्तुगत सदस्यमा ज्ञान बहादुर विक निर्वाचित भएका छन् ।

लेखा समितिको संयोजकमा जीवन कठायत निर्वाचित हुँदा सदस्यमा कृष्ण चौलागाँई र अटल शाही निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्य हरुलाई सोमबार सपथ ग्रहरण गराईने निर्वाचन अधिकृत दिल बहादुर महतले जानकारी दिए ।