जुम्लामा अन्तर मेडिकल कलेज खेलकूद प्रतियाेगिता सुरू(फाेटाे फिचर)

जुम्ला : अन्तर मेडिकल कलेज खेलकूद प्रतियाेगिता सुरू भएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाकाे आयाेजनामा आइतबारदेखि प्रतियोगिता
सुरू भएकाे हाे ।

जुम्लामा पहिलाे पटक आयाेजना भएकाे प्रतियोगिताकाे प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले दिप प्रज्वलन गरि उद्घाटन गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै खेलकूद समितिका संयाेजक रहेका डाक्टर विवेक पुनले कर्णाली प्रतिष्ठानले पहिलाे पटक आयाेजना गरेकाे देशव्यापी खेलकूद प्रतियाेगितामा सहभागी कलेजलाई धन्यबाद सहित स्वागत गरे ।

नेपालमा हरेका सम्पूर्ण मेडिकल कलेज तथा कलेजमा अध्यायनरत विद्यार्थीहरु विच सामीप्यता बढाउने साथै यस कार्यक्रमको माध्यामबाट कर्णाली चिनाउने उदेश्य राखिएकाे उनकाे भनाई छ ।

प्रतियाेगितामा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, धनुषा,राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा, मकवानपुर,किस्ट मेडिकल कलेज, ललितपुर र महाराजगंज चिकित्सा स्याम्पस, चिकित्साशात्र अध्यायन संस्थान, महारजगंज, काठमाण्डौ सहभागी भएका छन्  ।

खेलकुद कार्यक्रममा आठ विद्याका खेलहरु समाहित गरिएका छन् ।  जसमा महिला पुरुष भलिबल, फुटबल, कुङ्केट, टेवल टेनिस, चेस, दौड, कविता र हाजिरीजवाफ प्रतियोगिता रहेका छन् ।

जसमा जुम्ला बहुमुखी क्याम्पमा भलिबल,कर्णाली प्राविधिक शिक्षालयमा क्रिकेट,देविदत्त गणकाे प्रांगणमा फूटलब प्रतियाेगिता हुने छ ।
साथै प्रतियाेगितामा प्रथम,द्दित्तिय र तृतिय हुनेलाई क्रमश: नगद एक लाख,७५ हजार र ५० हजार मेडल प्रमाण पत्र प्रदान गरिने छ । प्रतियाेगिता आगामी भदाै २१ गते सम्म संचालन हुने छ ।

उद्घाटन सत्रका केही तस्बिरहरू

तस्बिर साैजन्य : नृपेन्द्र महत