तातोपानी :- बालबालिका लाई प्राथमिकतामा राखी बजेट ल्याउन आग्रह

जुम्ला – स्थानीय सरकारले एकै साथ नीति कार्यक्रम र बजेट ल्याउँदै छन् । अहिले स्थानीय सरकार नीति कार्यक्रम र बजेटको तर्जुमामा जुटेका छन् । बस्ती स्तरबाट माग भई आएका र आबश्यकता तथा औचित्यलाई मध्यनजर गर्दै स्थानीयतहले नीति र बजेट ल्याउने जमर्कोमा छन् ।

जुम्लाका आठ पालिका मध्य तातोपानी गाउँपालिकाले धेरै महत्वकाँक्षी भन्दा बजेटको आकारका आधारमा तथ्यपरक कार्यान्वयनमुखी बजेट ल्याउने तयारी तातोपानी गाउँपालिकाको छ ।

नीति र बजेट तर्जुमाको क्रम चलिरहँदा शुक्रबार तातोपानीका गाउँपालिका स्तरीय नागरिक समाज र बालक्लबका पदाधिकारीले बालबालिका सवाललाई नीति र बजेटमा प्रथामिकता दिन माग गरेका छन् ।पालिका स्तरीय बाल संजालका अध्यक्ष अनुराधा चौलागाई र नागरिक समाजका अध्यक्ष प्रेम अधिकारीको नेतृत्वमा गएको टोलीले तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाई र उपाध्यक्ष रेवती राववलाई भेटेर माग पेश गरिएको छ ।

बालबालिकाको विकास,संरक्षण,सहभागिता र क्षामता बृद्धि लगायतका सवाललाई विशेष प्रथामिकता दिन आग्रह गरिएको छ । बाल भेलाबाट तय गरिएका योजनाहरुलाई नीति र कार्यक्रममा समावेश गर्न समेत माग गरिएको हो ।यसैबीच तातोपानी गाउँपालिका भित्रका शैक्षिक समस्या समधान हुने गरी नीति कार्यक्रम ल्याउन समेत अपिल गरिएको छ ।

तातोपानीमा संचालित सहयात्रा तेस्रो परियोजनाले पालिकाको समन्वय तथा सहकार्यमा बालबालिकाको नेतृत्व विकास तथा क्षामता अभिबृद्धिका क्षेत्रमा उल्लेखीय रुपमा काम गर्दै जाँदा बालबालिकाको आफ्ना हक अधिकारका विषयमा वलकात गर्न सक्षम समेत भएका छन् ।

बाल भेला,क्षामता विकासका तालिम लगायतका कार्यक्रमले पश्चात विगतमा चुपचाप बस्ने तातोपानीका बालबालिकाले अहिले पालिकामै पुगेर अध्यक्ष उपाध्यक्षसंग भेटगरी आफ्ना माग्ने अबस्था सम्म पुगेका छन् ।यता तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले तातोपानी वास्तविकतामा टेकेर बजेट ल्याउने तयारीमा रहेको  बताए ।

उनले भने,‘पालिकाको आफ्नै लगानी र विकास साझेदार निकायसंगको सहकार्यमा बालविकास तथा शैक्षिक उन्नयनका लागि थुप्रै काम गरेका छौ । विद्यालय स्तरमा भएका समस्याहरु समधान गर्न गम्भीर पनि छौ । साथै आगामी आवमा बालबालिकाका सवाललाई विशेष प्रथामिकता दिने छौ ।’

सिमित स्रोत साधनका बीच नागरिकका असिमित आबश्यकता परिपुर्ति गर्नुपर्ने बाध्यता हामीमाँझ रहेकाले आबश्यकतालाई मध्यनजर गरी बजेट विनियोजन हुने छ । शिक्षा क्षेत्रको सुधारका लागि तातोपानीले आगामी नीति तथा कार्यक्रममा विद्यालय मर्जदेखी अन्य केही नमुना नीति ल्याउन लागिएको समेत अध्यक्ष चौलागाइको भनाई छ ।

सहयात्रा तेस्रो परियोजनाको समन्वयमा दुई तातोपानीका केही सामुदायिक विद्यालय अनुगमन गरिएको थियो । विद्यालयका शैक्षिक,प्रशासनिक तथा भौतिक समस्याहरु समेत अध्यक्ष उपाध्यक्षलाई सुनाइएको छ । अत्याआबश्यक विषयलाई जुनसुकै बेला समधान गरिने पालिकाको प्रतिबद्धता छ ।