जुम्लाकै पहिलाे साक्षर स्थानीय तह बन्याे हिमा गाउँपालिका

हिमाका ९५.७२ प्रतिशत नागरिक साक्षर छन् भने ४.२८ प्रतिशत नागरिक निरक्षर रहेका छन् ।

जुम्ला : जिल्लाकाे हिमा गाउँपालिकालाई साक्षर घाेषणा गरिएकाे छ । विहीबार एक समाराेहका बीच `बहुभाषिक शिक्षाकाे प्रवर्धन,पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता´ भन्ने मुल नारासहित हिमालाई साक्षर गाउँपालिका घाेषणा गरिएकाे हाे ।

जिल्लाका आठ पालिकामध्ये साक्षर घाेषणा भएकाे हिमा पहिलो स्थानीय तह हाे । जिल्लामा हिमासहित छ वटा स्थानीय तह छन् । याेसँगै हिमा साक्षर घाेषणा हुने जिल्लाकै पहिलाे स्थानीय तह बनेकाे छ ।

हिमाकाे कुल जनसंख्या १२ हजार आठ सय ४ छ । तीमध्ये १२ हजार २ सय ५६ जना साक्षर छन् । त्याे भनेकाे ९५.७२ प्रतिशत नागरिक साक्षर छन् भने निरक्षरकाे संख्या ४.२८ प्रतिशत रहेकाे छ ।


स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५ जना,स्नातक गरेका १५५ जना, आइएड गरेका ८ सय जना रहेका छन् । यस्तै उच्च माविसम्म पढेकम ११ सय ९६,एसएलसी पास गरेका ९५० जना, एसईई गरेका १६ सय ४८ रहेका छन् ।


बालविकास तर्फ सामान्य साक्षरकाे संख्या ४२२ जना रहेकाे छ । पालिकामा रहेका प्राैढ जनसंख्या एक हजार ६ सय ६० जना र विद्यालय उमेरका ५ हजार ३ सय ७० जना साक्षर छन् ।

घाेषणा सभामा बाेल्दै हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमा साक्षर  घाेषणा हुनु हिमाकाे सबैभन्दा नमुना कार्य भएकाे बताए । `याे कार्यक्रम हिमाकाे लागि महत्त्वपूर्ण हाे । शिक्षा क्षेत्रमा हिमाले गरेकाे सफलता हाे ।यसलाई संस्थागत गर्न सबैकाे हातेमालो आवश्यक छ।´ अध्यक्ष शाहीले भने

साक्षर हिमा गाउँपालिकाकाे सार्वजनिकिकरण घाेषणा कार्यक्रम – २०८१ मा कर्णाली प्रदेश सरकारकी जलस्राेत तथा उर्जा विकास मन्त्री विजया बुढाले साक्षर घाेषणा गरिन् । उक्त अवसरमा बाेल्दै जलस्राेत तथा उर्जा विकास मन्त्री विजया बुढाले हिमाले इतिहास रचेकाे बताइन् ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यले साक्षर घाेषणा गरेर हिमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेकाे बताएका थिए । उक्त अवसरमा बाेल्दै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले विकासका प्रमुख आधार शिक्षा रहेकाे बताए । शिक्षा विकासका लागि सबैकाे भुमिका महत्त्वपूर्ण रहेकाे उनले बताए ।

सम्पूर्ण वडाअध्यक्षहरूकाे तफर्फबाट बाेल्दै हिमा-१ का वडाअध्यक्ष तथा प्रवक्ता रतनबहादुर शाहीले हिमालाई जिल्लाकै पहिलो साक्षर पालिका घाेषणा गर्नु नमुना कार्य भएकाे बताए । उनका अनुसार हिमाले शिक्षामा विशेष जाेड दिएकाे छ । हिमाले हरेक वर्ष ३० प्रतिशत बजेट लगानी गरिरहेकाे बताए ।

रूपाकाेट आधारभुत विद्यालयका प्रधानाध्यापक शान्ति कुमारी शाहीले स्वागत मन्तव्य व्यक्त गरिन् ।साक्षर घाेषणाकाे पेश नेपाल,किर्डाक नेपाल,प्लान नेपाल,सुसुवा र क्याड नेऐपालले समन्वय र साझेदारी गरेका थिए ।

`साक्षर नेपाल घाेषणाकाे औचित्यता´ शीर्षकमा हिमाका ६ माविबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे थियाे । उक्त अवसरमा हिमा गाउँपालिकाकाे प्रशासनिक भवन निर्माणका लागि जग्गा प्रदान गरेका जग्गादाताहरूलाई सम्मान गरिएकाे थियाे ।