जुम्लाकाे चन्दननाथ नगरपालिकाका नगर प्रहरीकाे दिक्षित

जुम्ला : जिल्लाकाे एकमात्र चन्दननाथ नगरपालिकाका नगर प्रहरी दिक्षित भएका छन् ।  एक महिने आधारभूत तालिम प्रश्चात नगर प्रहरी दिक्षित भएका हुन् । मंगलबार एक विशेष समाराेहका बीच एक महिने आधारभूत तालिम सकेका नगर प्रहरीलाई दिक्षित गरिएकाे हाे ।

नगर प्रहरीलाई शसस्त्र प्रहरी बल,नेपाल नम्बर ३३ गण हेडक्वाटर जुम्लाले भर्ना छनाेट देखि आधारभू तालिम दिएकाे थियाे ।चन्दननाथ नगरपालिले नगरकाे शान्ति सुरक्षा मजबुद बनाउनका लागि असही जंग बहादुर बुढासहित जवान १३ जना गरि १४ जना नगर प्रहरी भर्ना गरेकाे थियाे ।

जसमा चार जना महिला रहेका छन् । भनेे १० जना पुरुष रहेका छन् ।  दिक्षित नगर प्रहरीलाई चन्दननाथका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्याैपानेले सपथ ग्रहण गराए ।

दिक्षित नगर प्रहरीलाई चन्दननाथका कार्यबाहक नगर प्रमुख रामदेवी खड्का,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले दर्जानी चिन्ह प्रदान गरे ।

चन्दननाथ नगरपालिकाका कार्यबाहक नगरप्रमुख रामदेवी खड्काले नगर प्रहरीकाे अभावले भाेग्दै आएका विभिन्न समस्याहरु हल हुन नसकेकाे बताइन् ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले स्थानीय सरकारलाई प्राप्त अधिकार अन्तर्गत चन्दननाथले नगरकाे शान्ति सुरक्षाका लागि नगर प्रहरी गरेर उल्लेखीय काम गरेकाे बताएका थिए ।

शसस्त्र प्रहरी बलका एसपी लाल बहादुर शाहीका अनुसार तालिम भनेकाे सीप सिक्नु मात्र नभई जिम्मेवार र कर्तव्य पालन गर्नु हाे । उक्त समाराेहमा जिल्लास्थित सराेकारवालाहरूकाे सहभागीता रहेकाे थियाे ।

 

 

 

 

 

 

 

 

न्युनिकरणका लागि सिकेका कुराहरु व्यवहारमा कार्यान्वयन गर्नजरुरी रहेकाे उनकाे भनाई छ ।

शसस्त्र प्रहरी वलका एसपी लाल बहादुर शाहीले तालिम भनेकाे सीप सिक्नु मात्र नभई जिम्मेवार र कर्तव्य पालन गर्नु भएकाे बताए । एक महिनाकाे कठिन तालिममा सिकेका कुरा कूशलता पुर्वक कार्यान्वयन गर्ने एसपी शाहीले विश्वास व्यक्त गरे ।

तालिममा सिकेका सीप र ज्ञान ईमान्दार रुपमा कार्यक्षेत्रमा पर्ने प्रयाेग गरेर नगरकाे महार फेर्नेमा जाेड दिए । तालिम अवधिमा दंगा व्यवस्थापन,अतिथी सुरक्षा,बजार व्यवस्थापन,विपद व्यवस्थापन लगायतका विषयमा सिकाईएकाे छ ।