उत्कृष्ट शिक्षक र विद्यालयलाई सम्मान गर्दै तातोपानीले मनायाे साक्षरता दिवस

जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिकामा ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस भव्य रूपमा मनाइएकाे छ । तातोपानी गाउँपालिकाकाे आयाेजनामा दिवस विभिन्न कार्यक्रम गरि दिवस मनाइएकाे हाे ।


उक्त अवसरमा बाेल्दै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईँले शिक्षामा नयाँ आयाम ल्याउन खाेजेकाे भन्दै सम्पूर्णले सहयाेग गर्न आग्रह गरे ।

`दिवस भव्य रूपमा सम्पन्न भयाे । उत्कृष्ट शिक्षक र विद्यालय सम्मानित भएका छन् । राम्रालाई गाउँपालिकाले प्राेत्साहन गर्दै जानेछ,´अध्यक्ष चाैलागाईले भने ।

तातोपानी गाउँपालिकाकि उपाध्यक्ष रेवती रावलले गाउँपालिकाले शिक्षा क्षेत्रकाे विकासलाई प्राथमिकता दिइएकाे बताइन् । उनले दिवसकाे अवसरमा उत्कृष्ट विद्यालय र शिक्षकलाई सम्मान गरिएकाे बताइन् ।

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले गाउँपालिकाले शिक्षा क्षेत्रकाे विकासमा लगानी गरिरहेकाे बताए । उनका अनुसार अहिलेकाे शिक्षा प्रतिष्पर्धी भएकाेले साेही अनुसार पठनपाठन गर्न आवश्यक छ ।

दिवसकाे अवसरमा गाउँपालिकाका पाँच जना शिक्षकलाई सम्मान गरिएकाे छ । सम्मानित हुनेमा हिम शिखर माविका
बद्री नगरकाेटी,पैकेला आधारभुत विद्यालयकी भगवती रावल,गणेश मावि राँकाकी सुमित्रा सिंह शाही,कालिका मावि टाेप्लाका लाेकबहादुर शाही  र दुर्गा मावि लाम्राका कमल बहादुर न्याैपाने रहेका छन् ।

यस्तै गाउँपालिकाभित्रका आधारभुत र माध्यमिक विद्यालयहरू मध्ये एक/एक विद्यालयलाई सम्मान गरिएकाे छ । सम्मान हुनेमा आधारभुत तर्फ कालिका आधारभुत विद्यालय हियाँखाेला र  दुर्गा मावि मधु रहेका छन् ।


५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसकाे अवसरमा जलवायु परिवर्तन,स्थानीय कृषि उत्पादन र दिवा खाजा विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे थियाे ।

यस्तै मावि स्तरीय बक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट हुनेहरूलाई पुरस्कृत गरिएकाे थियाे ।

प्रतियोगितामा दुर्गा मावि लाम्राकि अनुराधा चाैलागाईँ प्रथम,नेत्रज्योति मावि हाँकुकी गिता बुढा द्वितीय, गणेश मावि राँकाकी रमिला कामी तृतीय र कालिका मावि टाेप्लाका सुरत बहादुर शाही सान्त्वना भएका थिए । उनीहरूलाई प्रमाणपत्र र नगद्सहित पुरस्कृत गरिएकाे थियाे ।