जुम्लाका `अर्जुन सुनार´ भ्वाइस अफ नेपालकाे ब्याटल राउन्डमा प्रवेश

जुम्ला : नेपालकाे चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ मा जुम्लाका अर्जुन सुनारले` ब्लाइण्ड अडिसन´पार गरेका छन् । असाेज १९ गते प्रसारित सिजन-५ काे एपिसाेडमा जुम्लाका सुनार `ब्याटल राउन्ड´का लागि छनाैट भएका हुन् ।

उनलाई जज राजेशपायल राईले बजर्जर बजाएर आफ्नाे समुहमा लिए । चालु सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिब ६० हजार आवेदक सहभागी थिए ।सुनार पनि ती मध्येबाट छानिएका थिए ।

१२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका छन् । तीमध्येका एक हुन् । ब्लाइन्ड अडिसनमा छनाेट भएका थिए,जुम्लाका अर्जुन सुनार ।

जुम्ला सदरमुकामसंग जाेडिएकाे छिना गाउँका स्थानीय सुनार सानाे उमेरदेखि गायन क्षेत्रमा रुचि  राख्थे । उनले गायक बन्छु भन्ने उद्देश्य भएपनि आर्थिक अवस्थाका कारण आफू कृषि प्राविधिक तर्फ लागेकाे बताए ।

उनले आफ्नाे जिविकाेपार्जनका लागि प्राविधिक लाईन राेज्नु परेकाे बताउँछन् । सुनार अहिले कालीकाेट जिल्लाकाे तिलागुफा नगरपालिकामा नायव प्राविधिक सहायक स्तर चाैंथाेमा कार्यरत रहेका छन् ।


उनले आफ्नाे गायन विधामा सहयाेग पुग्ने हेतृले सरकारी सेवामा प्रवेश गरेकाे समेत बताए ।

स्कुल पढ्दादेखि गायन बिधामा रुचि भएका सुनारले कर्णाली प्रदेशबाट एक रूपमा रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ मा छनाेट भई ब्लाईन्ड अडिसन पार गरेकाेमा खुसि ब्यक्त गरे ।

उनले ब्लाईन्ड राउड पार गरेपछि अब ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुम्लाकाे चन्दनाथ नगरपालिकामा-६ मा जन्मिएका सुनारले गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ मा बिजयी गराउन कर्णालीबासीकाे साथ आवश्यक रहेकाले सबैले सहयाेग गर्न आग्रह गरे ।