तातोपानीमा बाल दिवसकाे अवसरमा नृत्य प्रतियोगिता सम्पन्न

नृत्य प्रतियोगितामा तातोपानी-६ का विद्यालयहरूकाे वर्चश्व

जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिकामा राष्ट्रिय बाल दिवसकाे अवसरमा सांस्कृतिक प्रतियोगिता कार्यक्रम सम्पन्न भएकाे छ। तातोपानी-५स्थित दुर्गा मावि लाम्राकाे आयाेजनामा भव्य रूपमा मनाइएकाे हाे ।

`बालबालिकामा लगानी : सुनिश्चित भविष्यकाे थालनी´ भन्ने नारासहित मनाइएकाे दिवसमा पालिकस्तरीय नृत्य प्रतियोगिता आयाेजना गरिएकाे थियाे । प्रतियोगितामा तातोपानीका १३ विद्यालय सहभागी थिए ।

प्रतियोगितामा गणेश मावि राँका प्रथम, कालिका आवि हियाँखाेला, द्वितीय, भगवती आवि धाैलापानी तृतीय र बसन्त आवि रावतबाडा सान्तवना भएका छन् ।

उत्कृष्ट विद्यालयलाई क्रमश : दस हजार, आठ हजार,६ हजार र चार हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएकाे हाे । उक्त अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति पनि देखाइएकाे थियाे ।

कायर्यक्रम आयाेजनाका लागि सहयाेग/ सहजीकरण तातोपानी गाउँपालिका जुम्ला ,सेभ द चिन्ड्रेन ड्लुएफपी र किर्डाकले गरेका थिए ।