जुम्ला : नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य लक्ष्मीप्रसाद उपाध्याय (दीपक) ले सामाजिक कार्य गरेर जन्मदिन मनाएका छन् ।
पशुपंक्षी व्यवसायीसमेत उपाध्यायले आफ्नाे जन्मदिनकाे अवसरमा बिरामीलाई पाेसिलाे आहारा वितरण गरेर जन्मदिन मनाएका छन् । जन्मदिनकाे अवसरमा साेमबार उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत बिरामीहरूलाई पाेसिलाे आहारा वितरण गरेका थिए ।
उनका अनुसार ५५ जना बिरामीलाई वितरण गरिएकाे हाे । बिरामीलाई दुईवटा लोकल कुखुराकाे अण्डा, दुईवटा स्याउ र एक फ्रुटी वितरण गरेका हुन् ।
उनले जन्मदिनकाे अवसरमा सामाजिक कार्य गराै भन्ने उद्देश्यले वितरण गरिएकाे बताए ।
`जन्मदिनकाे अवसरमा पाेसिलाे खानेकुरा वितरण गरियाे । जन्मदिन विशेष गराै भनेर वितरण गरेकाे हाे । बिरामीहरूले पोषिलो खाद्य सामग्री पाउँदा खुशी व्यक्त गरेछन्, ´ उनले भने ।यता,अस्पताल प्रशासनले समेत उनको यो योगदानको प्रशंसा गरेको छ ।
जुम्ला दर्पण । २६ कार्तिक २०८१, सोमबार १३:२८