जुम्लाको तिला गाउँपालिका द्वारा १३ औ हिउदे सभा बाट १४ विधेक पारित

डिल्ली कामी जुम्ला

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले १३ औँ हिउँदे गाउँसभाबाट चौध वटा विधेयक पारित गरेको छ। शुक्रबार भएको हिउँदे गाउँसभाले विकास निर्माण र सेवा प्रवाहलाई चुस्त बनाउनेदेखि कार्यालयकाे काम कारवाहिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न तेह्र वटा ( कानुन ) ऐन,नियमावली,कार्यविधि र मापदण्ड निर्माण गरि पारित भएको गाउँपालिका अध्यक्ष माेतीलाल राेकायाले जानकारी दिए ।

पारित भएका विधेयक मध्ये विपद व्यावस्थापन कोष सञ्चालन कार्यविधि (२०८०),सडक आश्रीत सहयोगापेक्षी मानव उद्वार, पुनःस्थापना तथा व्यवस्थापन कार्यविधि, बालमैत्री आचार संहिता कार्यविधि , बालविवाह सम्बन्धी रणनीति योजना, बालबालिका सम्बन्धी पञ्चवर्षिय रणनीतिक योजना कार्यविधि ,यस्तै अपांगता भएका ब्यक्तिहरुको अधिकार संरक्षण सम्बन्धी कार्यविधि , स्थानीय विपद तथा जलवायु उत्थानसिल योजना तथा भवन निर्माण माफदण्ड कार्यविधि , पोषण मैत्री स्थानीय शासन वडा तथा पालिका घोषणा कार्यविधि गाउँसभाबाट पारित भएको गाउँपालिका अध्यक्ष राेकायाकाे भनाइ छ।

गाउँ सभाबाट पारित भएका थप कार्यविधिमध्ये जग्गा वर्गीकरण कार्यविधि, स्थानीय शिक्षा विकास तथा व्यवस्थापन, गाउँपालिकाको शिक्षा नियमावली (२०७४), तिला गाउँपालिकाको अबकास कोष नियमावली कार्यविधि र विपन्न नागरिक उपचार सहायता कार्यविधि गाउँ सभाबाट पारित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए।

चालु आर्थिक वर्ष २०८०÷०८१ को माघ मसान्त सम्मको आयव्यय अन्तर्गत आन्तरिक आयमा १० लाख ५० हजार संकलन भएको छ। गाउँपालिकाको चालु तर्फमा विनियोजित बजेट ३३ करोड २४ लाख रहेकोमा १५ करोड २७ लाख खर्च भएको छ।

पालिकाको पुँजीगततर्फ विनियोजित बजेट १७ करोड ९९ लाख विनियोजन भएकोमा २४ लाख ९० हजार खर्च भएको छ। कुल विनियोजितकाे बजेट ५१ करोड २४ लाख ३७ रहेकोमा १५ करोड ५२ लाख खर्च भएको प्रमुख प्रशासकिय अधिकृत बुुढथापाले जानकारी दिए।

गाउँ सभाबाट लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान संचालनका लागि १ लाख, बालकोषमा रकम जम्मा गर्नको लागि ५० हजार, कृषि तथा मौसम सूचना केन्द्रको तथ्यांक संकलमा ३ लाख बजेट विनियोजन गाउँपालिकाका उपाध्यक्ष गाेरिकला बुढाले जानकारी दिए ।

उपाध्यक्षसँग गाउँ सरकार कार्यक्रम अन्तर्गत वडा नम्वर ९ ढिपुमुलिका लागि ४ लाख, बालमैत्री वडा घोषणा कार्यक्रमका लागि १ लाख ५० हजार, मौसमी तरकारी खेती विस्तार कार्यक्रममा ३ लाख, धुलेली ओडार काठे पुल निर्माण वडा नम्वर ६ का लागि १ लाख र खोला खानेपानी पाईप लाइन विस्तार तथा ट्यांकि निर्माणका लागि ५ लाख वजेट हिउँदे गाउँसभाबाट विनियोजन गरिएको उपाध्यक्ष बुढाले जानकारी दिईन ।

चालु आर्थिक वर्षबाट सडक आश्रित तथा मानसिक सन्तुलन गुमाएकाहरुलाई सुर्खेतमा रहेको मानव सेवा आश्रममा लिएको र लिन बाँकी रहेकाहरुको लागि २ लाख,गाउँपालिकाको नयाँ भवनमा स्तनपान तथा पोषण कर्नर स्थापनाका लागि २ लाख वजेट विनियोजन भएको तिला गाउँपालिकाले जनाएको छ। तेह्र वटा ठुला याेजनाकाे बाेलपत्र भई सम्झौता गर्न बाकी रहेको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।