जुम्ला : फागुन २१ गते हुने निर्वाचनका लािग नेकपा एमाले जुम्लाले स्थानीय बाचा पत्र सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमाले जुम्लाले आफ्नो ६बुँदे स्थानीय बाचा पत्र सार्वजनिक गरेको हो । एमाले जुम्लाले प्रत्यक्षतर्फ जिल्ला अध्यक्षसमेत रहेका शान्तिलाल महतलाई उम्मेदवार बनाएको छ । जिल्लामा प्रत्यक्षतर्फ १० जना उम्मेदवार चुनावी मैदानमा छन् । ती दलमध्ये एमालेले पहिलोपटक चुनावी बाचा पत्र सार्वजनिक गरेको हो । उम्मेदवार महतलले देशमा बढ्दो भ्रष्टाचार, कुशासन, वैदेशिक हस्तक्षपका बिरुद्ध जुम्ली जनताको प्रतिनिधिको रुपमा उभिनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

उनको बाचा पत्रमा सडक पूर्वाधार–विकासको आधार,स्वस्थ जुम्ला–गुणस्तरीय स्वास्थ्य,युवा मैत्री सेवा,पर्र्यटन र संस्कृति–स्थानीय पहिचान, समृद्ध जुम्ला– रोजगारी र पूर्वाधार,शिक्षा– सीप र गुणस्तरलाई मुख्य प्राथमिकता दिइएको छ । एमालेले बाचा पत्रमा पहिलो प्राथमिकता सडक पूर्वाधारलाई दिएको छ । त्यसमा कूल ६ वटा योजनालाई प्राथमिकता दिइएको छ ।‘१२ महिना खुला सडक, १२ महिना विकास” कर्णाली जोडिन्छ, जुम्ला उठ्छ’ भन्दै कर्णाली राजमार्गलाई कम्तिमा दुई लेनको सडक द्रुतगतिमा स्तरउन्नती सहित वर्षेभरि सडक सञ्चालनको सुनिश्चित गर्ने बाचा गरिएको छ । नेपालगञ्ज भन्सार–सुर्खेत–महाबु–जुम्ला हँुदै मुगु–चीनसम्मको अन्तर्राष्ट्रिय पहुँचको सडक निर्माण,जुम्ला–डोल्पा–मुस्ताङ हुँदै काठमाण्डौं जोडिने पर्यटकीय कालोपत्रे सडक निर्माण गर्ने उल्लेख गरिएको छ ।
छिन्चु–जाजरकोट–टोप्ला–जुम्ला, नाग्म गमगढी, बुलबुले पटमारा, जुम्ला–दुनै–ढोरपाटन, एयरपोर्ट–उर्थु–महरीसम्म सडक कालेपत्रे, जुम्ला बजार–चेरे–कनकासुन्दरीसम्मको सडक सुचारु र बड्की–ओदी– पलाँता,कालिकोटसम्म सडकहरु विस्तार गरी वर्षेभरि सञ्चालन गर्ने भनिएको छ ।
बाचा पत्रको दोस्रो प्राथमिकता हो,स्वस्थ जुम्ला–गुणस्तरीय स्वास्थ्य । ‘उपचार अधिकार हो, उपकार होइन।” स्वस्थ जुम्ला, सुरक्षित भविष्य ।’ नारा दिएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मुख्य केन्द्र बनाइ सिँजामा स्याटलाईट अस्पताल र कर्णालीका सम्पूर्ण जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा दिने,डिजिटल हेल्थ, मोबाइल एप मार्फत जुम्लाको प्रत्येक नागरिकको स्वास्थ्य सेवामा पहुच टेलिमेडिसिन सेवा विस्तार गर्ने, पालिका स्तरमा २४÷७ आधारभूत स्वास्थ्य सेवा र निःशुल्क एम्बुलेन्स सेवा,स्थानीय जुडिबुटी अनुसन्धान,उत्पादन तथा प्रवद्र्धन सहित आयुर्वेद,ग्रामिण मेडिसिन र योग शिक्षा केन्द्र स्थापना र लागु औषध दुव्र्यसनी युवाको लागि सरकारी स्तरको स्तरको पुनस्र्थापना तथा सुधार केन्द्र र वैदेशिक रोजगारबाट फर्केका नागरिकका लागी निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिने उल्लेख छ । स्वच्छ जुम्ला, स्वस्थ जुम्ला अन्तर्गत दिगो फोहोर र ढल व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको हो ।
शिक्षा–सीप र गुणस्तरलाई ध्यान दिएर ‘डिग्री मात्र होइन, सीप चाहिन्छ ।’ पढाई,जसले रोजगारी दिन्छ’ भन्ने नारासहित कर्णाली प्राविधिक शिक्षालयलाई कृषि तथा पर्वतिय विश्वविद्यालय निर्माणमा प्राथमिकता,शिक्षकको स्थायित्व र प्रोत्साहनद्धारा गुणस्तर सुधार गर्दै वैज्ञानिक शिक्षामा जोड,वडास्तरमा प्राविधिक र व्यवसायिक सिप तालिम विस्तार, कृषि, पर्यटन, स्वास्थ्य र सूचना प्रविधि आधारित सिप विकास, र विद्यालय तहमा आएटी र एआई सम्बन्धि अध्ययन र अध्यापनको व्यवस्थापन गरिने उल्लेख गरिएको छ ।
समृद्ध जुम्ला– रोजगारी र पूर्वाधार शीर्षकमा ‘पलायन होइन,उत्पादन, जुम्लामै रोजगारी, जुम्लामै सम्मान’ नारा दिएकोले एमालेले १३२ केभिए विद्युत प्रसारण सहित गाउँगाउँमा विद्युतीकरण तथा लाइन विस्तार,‘जुम्लाको पानी, राज्यको लगानि’ अन्तर्गत तिला,जवा हाइड्रो परियोजना र स्थानीय हाइड्रोबाट प्रभावितलाई निःशुल्क निश्चित शेयर, गिडिदह जलाधार क्षेत्रबाट करिब २० मेगावट क्षमताको विद्युत उत्पादन,एयरपोर्टको क्षमता विस्तार गर्दै र सिँजा खिच्चनेमा विशेष औद्योगिक आर्थिक क्षेत्रको रूपमा दु्रत विकास गरिने जनाइएको छ ।

यसैगरी,कृषि, पर्यटन, जडीबुटी, स्याउ, ओखर र पशुपालनमा उद्यम र स्वरोजगारीको सुविधा,स्थानीय उत्पादनको प्रशोधन, ब्राण्डिङ्ग, बजारीकरण र मूल्य शृखंला सुधार ,छुमचौरमा अन्तर्राष्ट्रिय स्तरको ज्ष्नज ब्तिष्तगमभ त्चबष्लष्लन ऋभलतभच को तत्काल टेण्डर प्रक्रिया र थप बजेट व्यवस्थापन र जलजला बहु–आयोजना (ताल, पर्यटन, बिजुली–हाइड्रो) कार्यान्वयन,वन, कृषि र जडिबुटी अनुसन्धान, प्रशोधन तथा प्रवद्र्धन केन्द्र स्थापना,एक पालिका, एक चिस्यान केन्द्र र स्थानीय उत्पादन र स्वेदेशी उपभोगका लागि Make in jumla नीति पारित गरिने छ ।
पर्यटन र संस्कृति – स्थानीय पहिचानलाई पाँचौ नम्बरमा समेटिएको छ । जुम्ला केन्द्रसहित रारा देखि फोक्सुण्डो पर्यटकिय मार्ग–समृद्धिको यात्रा,चन्दननाथ मन्दिर, तातोपानी धारा, गिडिदह, ठाकुरज्यू, नदैडाफरगुफा, शंकर झरना, आकाशे ताल, गुठीचौर लगायत स्थानहरु पर्यटनको आधार,स्वच्छ तिला नदि, हरियाली र पार्क निर्माण,सिँजा सभ्यता संस्कृति बोर्ड गठन, गुठीचौरमा प्याराग्लाईडिङ्ग, भ्यू टावर र भेडा फार्म आधुनिकीकरण सहित पर्यटकीय आकर्षण केन्द्र स्थापना र कुसंस्काररकुरीतिको न्युनिकरण, सभ्य र समतामुलक समाज निर्माण गरिने जनाइएको छ ।
युवा मैत्री सेवालाई छैठो प्राथमिकतामा राखेको एमालेले प्रत्येक गाउँ र टोलसम्म निःशुल्क इन्टरनेट,पारदर्शिता, सुशासन र भ्रष्टाचार विरुद्ध शुन्य सहनशिल्ता,नीति र योजनामा युवाको प्रत्यक्ष सहभागिता,नवप्रवर्तन र युवा आकर्षणका लागि बजेट र नीति,सरकारी योजना र न्यायपालिकामा राजनीतिक भागबण्डा अन्त्यका लागी नीतिगत पहल र नापी रोक्का जग्गा फुकुवा र दर्ता कार्यका लागि नितिमा सुधार तथा जनप्रतिनिधि र कर्मचारीबीच स्पष्ट जिम्मेवारी र सेवामुखी शासनको परिकल्पना गरेको छ ।

जुम्ला दर्पण । २३ माघ २०८२, बिहीबार २१:२९