नाग पञ्चमीमा नागलाई दुध खुवाउने नाममा हिन्दुहरूले नागको हत्या गरिरहेका छन्।
नाग चिसो रक्तसमुह भएको घर्सने जनावर हो ।।तातो रगत भएका प्राणी र चिसो रगत भएका प्राणीलाई फरकफरक खानेकुराको आवश्यकता हुन्छ किनकी तिनिहरूको पाचन प्रणाली पनि सोहीअनुरुप निर्माण भएको हुन्छ।
दुध, नाग लगायतका चिसो रगत भएका प्राणीका निम्ति विषादीको काम गर्ने पदार्थ हो। नागलगायतका कुनै पनि सर्पहरूले दुध खाँदैनन् । उनीहरू जन्मिएपश्चात आमाको दुध समेत पिउँदैनन्। दुध प्युनका निम्ति उनीहरूसंग milk teeth पनि हुँदैन।
उनीहरूलाई hydrate हुनका लागी जलको आवश्यकता पर्छ, तर उनीहरूले हामीले सोँचेको जसरी कहिल्यै पानी पिउँदैनन् ।
सर्पले एउटा मात्र अवस्थामा दुध पिउँछ, त्यो ो, अत्याधिक Dehydration अर्थात निर्जलिकरण भएको अवस्थामा शरीरलाई hydrate अर्थात जलयोजन गर्नका लागी अर्थात शरीर भित्र पानीको अनुपात मिलाएर बाँच्नका निम्ति।
हिन्दुहरूले नाग पञ्चमी आउनुभन्दा ३०-४० दिनदेखी सर्पलाई पानीको उपस्थित नहुने ठाउँमा कैद गरेर राख्दछन्, । जसले गर्दा सर्पको प्रयाप्त निर्जलिकरण dehydration हुन्छ ।
dehydration ले प्याकप्याक भएको शरीरले पानी खोजिरहेको हुन्छ, तर हिन्दुहरूले सर्पको अगाडी दुध टकारिदिन्छन्, कुनै उपाय नभेटेपश्चात सर्पले त्यो दुध पिउँछ ।
सर्पको शरीरको पाचन प्रणाली दुध पचाउन असमर्थ हुन्छ । दुधले सर्पको पाचन प्रणालीमा गड्बडी उत्पन्न गर्छ। र दुध पिएको दुई/तीन दिन पछी सर्पको मृत्यु हुन्छ ।
सर्पले दुध पिए पुण्ड्य प्राप्त हुने अवैज्ञानिक कुरा गरेर हिन्दुहरूले सर्प मार्न प्रेरित गरिरहेका छन्। यो बिलकुल सर्पघाती, नागघाती छ।
नाग पञ्चमीका नाममा सर्पको हत्या नगरौँ।
अनि अर्को कुरा, नाग संस्कृति बौद्द संस्कृतिको अभिन्न अङ्ग रहेको पाइन्छ, पहिलो दोस्रो शताब्दीतिर बनेका बौद्द मुर्तिहरूमा गौतम बुद्दको मुर्तीलाइ नागहरूले रक्षा गरिरहेको दृश्यबाट समेत यो कुरा पुस्टी हुन्छ ।
हिन्दुहरूले निकै पछी मात्र नागको पुजा गर्न थालेका हुन् । बौद्द सभ्यतामा नागको निकै चर्चा गरिएको छ, तर त्यहाँ नागलाई दुध खुवाइने कुरा उल्लेख छैन ।
तर हिन्दु समुदायले मान्छेले पिउने दुध नागलाई पनि पियाउने गरी बौद्द संस्कृतिलाई तोडमोड गरी प्रतिलिपी गर्यो र नाग पञ्चमीको रुपमा नागलाई दुध खुवाएर नागको हत्या गर्ने संस्कृतिको निर्माण भयो।
कसैले नागलाई दुध खुवाउन लागेको देख्नुभयो भने उसलाइ सो काम गर्नबाट तुरुन्त रोक्नु होला है।
(साभार : Sandip Thapa )
जुम्ला दर्पण । १७ श्रावण २०७९, मंगलवार १०:३५