जुम्लाका तीनजना क्रियाशील पत्रकार पुरस्कृत

जुम्ला । जुम्लाका तीनजना क्रियाशील पत्रकार पुरस्कृत भएका छन् । जुम्लालाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका क्रियाशील पत्रकारहरु पुरस्कृत भएका हुन् । बुधबार एक कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघ जुम्ला शाखाले तीनैजनालाई नगद्सहित पुरस्कृति गरेको हो । पुरस्कृत हुनेमा पत्रकार विजय रावत,लक्ष्मी न्यौपाने र काली बहादुर परियार रहेका छन् ।

कर्णाली सवाल डटकमका सञ्चालक तथा रासस जुम्ला प्रतिनिधि विजय रावतलाई कृषि तथा पर्यटन पत्रकारिता पुरस्कारबाट समानित गरिएको छ । रेडियो नारी आवाज जुम्लाकी स्टेशन म्यानेजर तथा न्युज सरोकारलाई सञ्चालक लक्ष्मी न्यौपानेलाई गौरी पदम स्मृति पुरस्कारबाट पुरस्कृत गरिएको हो । दुवो खबर डटकमका प्रधान सम्पादक काली बहादुर परियारलाई यूवा तथा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो ।
तीनै जनालाई जनही १० हजार, कदरपत्र र दोसल्ला प्रदान थियो । गाउँपालिका राष्ट्यि महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले उनीहरुलाई पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कार वितरण समारोहमा हिमा गाउँपालिकाका अध्यक्ष, लक्ष्मण बहादुर शाही, विशेष अतिथि तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँई,उपाध्यक्ष रेवति रावल, पातारासीका अध्यक्ष पूर्णसिंह बोहारा, जनमाया रोकाया, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, शसस्त्र प्रहरी बल प्रमुख, प्रहरी प्रमुख लगायत सम्पुर्ण विषयगत कार्यालयका प्रमुख लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

हिमा गाउँपालिकाको ५ लाख सहयोगमा स्थापना गरिएको अक्षयकोषबाट दुई वर्ष पुरस्कार वितरण गरिएको छ । भने चालू आर्थिक वर्षमा तातोपानी गाउँपालिकाले अक्षयकोष बृद्विका लागि ५ लाख विनियोजन समेत गरेको छ ।