५८ ओैँ राष्ट्रिय बाल दिवस मुगुमा पनि मनाईयो ।

खड्क सुनार ,मुगु

५८ औँ राष्ट्रिय बाल दिवस मुगुमा पनि मनाईएको छ । बालमैत्री समाजको आधार स् जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको हो ।नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ । बाल दिवसको अवसरमा यहाका स्थानीय तह लगायत संघ संस्थाले पनि भिन्नै तरिकाले मनाएका छन् । जिल्ला उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं १,२मा विभिन्न कार्यक्रमको आयोजना गरि बाल दिवस मनाईएको छ ।

टिडिएज बिएम जेट को आर्थिक सहयोग हुरेन्डेक नेपालको कार्यान्वयन र मालिका सामुदायिक बिकास केन्द्रको आयोजनामा सोरु गाउपालिका वडा नं १,२ मा ५८ ओेँ राष्ट्रिय बाल दिवस मनाईएको जनाईएको छ । दिवसको अवसरका बक्तित्व कला र हाजिरि जवाफ प्रतियोगिता गरेर दिवस मनाईएको छ ।

बाल अधिकार र बातावरण भन्ने शिर्षकमा बक्तृत्व कलाको आयोजना गरिएको थियो जसमा प्रथम तिर्थराज नेपाली , दोश्रो धनराज रोकाया , तेश्रो यज्ञराज शाहि र सान्तवना बिजया लक्ष्मि नेपाली रहेका छन् । यस्तै हाजिरि जवाफ प्रतियोगितामा प्रथम धनलक्ष्मि मल्लको टोलि प्रथम रहेको छ भने सुरज मल्ल दोश्रो र खड्क शाहिको टोलि तेक्षो स्थानमा आएको मालिका सामुदायिक विकास केन्द्रका जिल्ला संयोजक निरु शाहिले बताईन ।

उनका अनुसार दिवसको अवसरमा विभिन्न नारा सहित र्यालि पनि गरिएको बताईन ।
सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बाल अधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा लिई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिएको छ ।