जुम्ला :देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। यस क्रममा आज (सोमबार) जुम्लामा न्यूनतम तापक्रम झन्डै माइनस ४ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार आज जुम्लामा न्यूनतम तापक्रम माइनस ३.८ डिग्री सेल्सियसमा झरेको हो। त्यहाँ आजको अधिकतम भने २० डिग्री सेल्सियस छ।
यस्तै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पनि आइतबारभन्दा घटेको छ।
महाशाखाको तथ्यांकअनुसार आइतबार यहाँ न्यूनतम तापक्रम १२.२ रहेकामा आज घटेर १०.५ डिग्री सेल्सियसमा झरेको हो।
आज उपत्यकाको अधिकतम तापक्रम भने आइतबारको जत्ति नै २१.५ डिग्री सेल्सियस रहेको महाशाखाको विवरणमा उल्लेख छ
जुम्ला दर्पण । ३ मंसिर २०८१, सोमबार १७:५४