जुम्ला : प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामाकाे उपस्थितिमा कालिका आधारभुत विद्यालय हियाँखाेलामा पाेशाक वितरण गरिएकाे छ ।
बुधबार एक कार्यक्रमका बीच युरो चौतारी प्राेचुगलका रमेश बास्ताेलाकाे सहयोग र प्रतिनिधि सभा सदस्य लामाकाे पहलमा कालिका आविका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको गरिएकाे हाे । कालिका आविमा अध्ययनरत विद्यार्थीलाई एक सय ११ सेट पाेशाक वितरण गरिएकाे थियाे ।
विद्यार्थीलाई लक्षित गरेर ट्रयाक सुट वितरण गरिएकाे विव्यस अध्यक्ष डिल्ली कामीले बताए । उनका अनुसार सांसद लामा र जनप्रतिनिधिकाे उपस्थितिमा पाेशाक वितरण गरिएकाे हाे ।
उक्त अवसरमा बाेल्दै सांसद लामाले आफ्नाे पहलमा विद्यार्थीहरूलाई पाेशाक वितरण गरिएकाे बताए । उनका अनुसार त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई सहज हाेस भन्ने उद्देश्यले पाेशाक वितरण गरिएकाे हाे ।
यस्तै सांसद लामाकै पहलमा विद्यालय भवन निर्माणका लागि विनियोजन भएको बजेट भएकाे छ । उनले उक्त काम छिटाे सुरू गर्न र राम्राेसँग कार्यान्वयन गर्न निर्देशन दिएकी छन् ।
`हाम्राे पहलमा पाेशाक वितरण गरिएकाे छ । विद्यालय भवनपनि वितरण हुँदैछ । आगामी दिनमा पनि आवश्यक सहयाेग गर्नेछाै ´, उनले भनिन् ।
उक्त कार्यक्रममा बोल्दै तातोपानी-६ का वडाअध्यक्ष बिशाल खड्काले भने गरिब दु:खी दलित घर परिवारका बालबालिकालाई सहयोग गरेकोमा सांसद लामाले धन्यवाद दिए ।
विद्यालयको भवन निर्माणका लागि आएको बजेट फ्रिज हुन नदिइ कार्यान्वयनमा ल्याउन लागि पर्ने बताए ।
जुम्ला दर्पण । ७ कार्तिक २०८१, बुधबार २१:२५