जुम्ला । जुम्लाको तिला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५१ करोड ३९ लाख ७९ हजार रुपैयाँ बराबरको आय–व्यय अनुमानसहितको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाकाे १६ औं गाउँसभा तथा अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट विनियोजन गरिएको छ ।
संघीय सरकारबाट प्राप्त सशर्त अनुदानमार्फत सञ्चालन हुने योजनाका लागि २० करोड ९२ लाख, वित्तीय समानिकरण अनुदान संघतर्फ ९ करोड ४० लाख, विशेष अनुदान संघतर्फ २ करोड ५० लाख,समपुरक अनुदान संघतर्फ १ करोड ७८ लाख र राजस्व बाँडफाँड संघतर्फ ८ करोड ७० लाख ७८ हजार बजेट नीति कार्यक्रम तथा बजेटबाट तिला गाउँपालिका उपाध्यक्ष गाेरीकला बुढाले प्रस्तुत गर्नुभएको छ।
त्यस्तै प्रदेश सरकारबाट प्राप्त अनुदानबाट संचालन गरिने याेजनाका लागि विनियोजन गरिएको बजेटमध्ये वित्तीय समानिकरण अनुदान प्रदेशतर्फ १ करोड २२ लाख ५३ हजार , सशर्त अनुदानतर्फ २ करोड २१ लाख,समपुरक अनुदान तर्फ १ करोड ५९ लाख, राजस्व बाँडफाँडतर्फ २ लाख ९३ हजार, आन्तरिक राजस्वतर्फ २२ लाख १६ औं गाउँसभा तथा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बुढाले सासार्वजनिक गर्नु भएको छ।
विकास योजनामा पुँजीगत खर्च कमगाउँपालिकाले पुँजीगततर्फ १६ लाख ७८ हजार र चालू खर्चतर्फ ३४ करोड ५३ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेको छ। गाउँपालिकाले गौरवका योजना र ऐतिहासिक सम्पदामा जोड समेत दिएको छ।
आफ्नो गौरवका योजना अन्तर्गत ऐतिहासिक सम्पदा पुनःनिर्माण, पर्यटकीय पदमार्ग निर्माण, पहिरो नियन्त्रण, सौन्दर्यकरण, खुला क्षेत्रको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगार अभिवृद्धिमा प्राथमिकता दिएको छ।
नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमार्फत दिगो विकास, सामाजिक समावेशीकरण, आर्थिक समृद्धि र प्रशासकीय सुशासनमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

जुम्ला दर्पण । १० असार २०८२, मंगलवार १९:५२