`युवा पत्रकारिता पुरस्कार´बाट जुम्लाका सागर परियार पुरस्कृत

जुम्ला । जुम्लाका क्रियाशील पत्रकार सागर परियार यूवा पत्रकारिता पुरस्कार-२०८१ बाट पुरुस्कृत भएका छन् । जुम्लामा लामाे समयदेखि  पत्रकारिता गर्दै आएका पत्रकार परियार नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘यूवा पत्रकारिता पुरस्कार-२०८१’ बाट पुरुस्कृत भएका हुन् ।


बुधबार सिंहदबारमा आयाेजित एक विशेष समाराेहकाबीच पत्रकार परियारलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नगद रासी ५० हजार सहित दाेसला ओड्याएर सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।
देशभरका पत्रकारहरु मध्य प्रतिस्पर्धाबाट छनाेट परियारले पुरस्कार प्राप्त गर्न सफल भएका हुन् ।जुम्लामा वि.स २०७१ सालदेखि पत्रकारितामा सक्रिय पत्रकार सागर परियारले जुम्लासहित कर्णालीका आर्थिक,सामाजिक,साँस्कृतिक विकास निर्माण,यूवा सशक्तिकरण तथा उद्यमशीलताका क्षेत्रमा कलम चलाउदै आएका छन् ।


पुरुस्कृत भएपछि पत्रकार परियारले माेफसलकाे पत्रकारिताका संघर्षले सफलता मिलेमा खुसी व्यक्त गरे । साथै पुरस्कार वितरण चिनजानका आधारमा दिन्छन् भन्ने भाष्य आफ्नाे लागि गलत सावित भएकाे समेत उनकाे भनाई छ ।
यसअघि पत्रकार परियार `स्व.दिप बहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार´लगायत  जिल्लास्तरका थुप्रै सम्मान तथा पुरस्कार पाएका छन् ।


पत्रकार परियार नेपाल पत्रकार महासंघ जुम्लाका सह-सचिव हुन् । जुम्लामा गिडिदह मिडिया प्रा.लीद्दारा संचालित  कर्णाली मिसन अनलाईन पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक समेत रहेका छन् भने काराेबार राष्टि्य दैनिक र रेडियाे नेपालमा जुम्लाबाट रिपाेर्टिङ गर्दै आएका छन् ।