जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिकामा स्थानीय खाद्य प्रणालीमा आधारित कृषि पर्यावरणीय र जलवायु उत्थानशिल समुदाय विकास परियोजना सुरू भएकाे छ ।
सन २०२८ सम्म सञ्चालन हुने उक्त परियाेजना जिल्लाकाे ताताेपानी गाउँपालिकामा सुरू भएकाे हाे ।
गाउँपालिकाकाे पर्यावरणीय कृषि प्रणालीमा आधारित उत्थानशिल,दिगो र समतामूलक स्थानीय खाद्य प्रणाली रूपान्तरण मार्फत हरेक नागरिककाे सुरक्षित तथा पर्याप्त खानाकाे अधिकार र खाद्य सम्प्रभुता प्रवर्धनमा याेगदान गर्ने परियाेजनाकाे उद्योगीलाई उद्देश्य रहेकाे छ ।
सुधारिएको नीतिगत मार्गदिशा र राष्ट्रिय कार्यक्रमहरू मार्फत सराेकार सराेकारवालाहरू,स्थानीय सरकार र निकायहरूले पर्यावरणीय कृषि प्रणाली अबलम्बन गर्ने र क्षेत्रीय र विश्वव्यापी स्तरमा नागरिक समाजले नीतिगत पैरवी तथा वकालत गर्ने परियाेजनाकाे लक्ष्य रहेकाे परियाेजनाकी टिम लिडर रिता गुरूङले बताइन् ।
परियाेजनाका चार अपेक्षित उपलब्धिसमेत रहेका छन् ।
विश्वव्यापी र क्षेत्रीय सहयाेग,नीति र संस्थागत एकीकरण
पर्यवरणीय कृषि प्रसार,शिक्षा र अनुसन्धान ,स्थानीय नवप्रवर्तन/अन्वेषण र समुदाय सशक्तीकरण कार्यक्षेत्र तथा याेजना र कृषि,पाेषण,आय आर्जन स्थानीय सुशासन र नीतिगत पैरवी गनर्ने रहेकाे उनले बताइन् ।
१० वटा कृषि पर्यावरण मैत्री गाउँ विकास याेजना निर्माण,३ वटा मुल्य श्रृङखला विकास,५ वटा कृषक उत्पादक संस्था निर्माण र १० जना लघु उद्यमी विकास गर्ने परियाेजनाका कार्यक्षेत्र र याेजना रहेका छन् ।
परियाेजना कर्णाली प्रदेशका तीन जिल्लाका पाँच स्थानीय तहमा लागू छ । सुर्खेतकाे बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाकाे दैलेखकाे दुल्लु नगरपालिका र आठबिस नगरपालिका र जुम्लाकाे एकमात्र तातोपानी गाउँपालिका रहेका छन् ।
परियाेजनाबाट चार वर्षमा ५ हजार जना कृषक,२ हजार विद्यार्थी ,६ सय जना कृषि तथा पशुपन्छी प्रसार कार्यकर्ता र ६ सय जना नागरिक समाज सदस्यहरूलाई जनसंख्या लाभान्वित हुनेछन् ।
उक्त जैविक विविधता,अनुसन्धान तथा विकासकाे लागि स्थानीय पहल ( ली-वर्ड),हिमालयन पर्माकल्चर केन्द्र
दिगाे कृषि र जैविक स्राेतहरूकाे लागि एसिया नेटवर्कले कार्यान्वयन गर्नेछन् ।
जुम्ला दर्पण । ११ कार्तिक २०८१, आईतवार १७:५९