गुठिचाैर गाउँपालिकाले ल्यायाे ३४ कराेड बजेट

जुम्ला । गुठिचाैर गाउँपालिकाकाे गाउँसभा तथा २१ औ अधिवेशन सम्पन्न भएको छ ।

“कृषि पर्यटन र जडिबुटी स्थानीय समृद्धिकाे आधार ; गुठिचाैर गाउँपालिकाकाे पहिचान, एकीकृत र व्यवस्थित स्थानीय पूर्वाधार” भन्ने मुल नाराका साथ सभा सम्पन्न भएकाे हाे । गुठिचाैर गाउँपालिकाले ३४ कराेड ७९ लाख २५ हजार ९ सय ७० रूपैयाँ १९ पैशा बजेट सार्वजनिक गरेकाे छ ।

गाउँपालिकाकाे आन्तरिक स्राेत तर्फ ३० लाख, यस्तै बित्तिय समानिकरण अनुदानमा १० कराेड ७० लाख, प्रदेश सरकार बित्तिय समानिकरण अनुदानमा १ कराेड १२ लाख ९९ हजार , संघीय राजशव बाँडफाँड तर्फ ९ कराेड ४९ लाख ४ हजार ५ सय ९ रूपैयाँ ,

कर्णाली प्रदेश राजश्व बाँडफाँड तर्फ १ कराेड ४० लाख ४ सय ६१ रूपैया १९ पैशा, सशर्त अनुदान तर्फ १० कराेड ६७ लाख, सशर्त अनुदान चालू पुजि १३ लाख ४२ लाख २ हजार , कर्णाली प्रदेश शसर्त चालू अनुदान तर्फ १ कराेड ३४ लाख २२ हजार , संघीय समपुरक अनदान तर्फ १ कराेड ४० लाख , कर्णाली प्रदेश विशेष अनुदान तर्फ २५ लाख र स्थानीय सरकार आन्तरिक स्राेत तर्फ ३० लाख बजेट सार्वजनिक गरेकाे छ