दलित समुदायका युवाबीच खुल्ला पुरूष फुटबल प्रतियोगिता सुरू

जुम्ला :  जिल्ला स्तरीय खुल्ला पुरूष फुटबल प्रतियोगिता सुरू भएकाे छ । दलित सेवा संघ जुम्लाकाे आयाेजनामा दलित समुदायका युवाबीच खुल्ला पुरूष फुटबल प्रतियोगिता सुरू भएकाे हाे ।

`स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद´ भन्ने मुल नारासहित सुरू भएकाे प्रतियोगिता यहीँ कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।

संघका अध्यक्ष भीम नेपालीका अनुसार जुम्ला जिल्लाभर रहेका दलित समुदायका युवाहरूबीच खेलका माध्यमबाट भातृत्व विकासका लागि प्रतियोगिता सञ्चालन गरिएकाे हाे ।

उनले जुम्ला जिल्लामै पहिलोपटक आयाेजना गरिएकाे प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबैकाे भूमिका महत्त्वपूर्ण रहेकाे बताए ।

`दलित एकताकाे सन्देश दिन प्रतियोगिता आयाेजना गरिएकाे हाे । खेलकुद सबैलाई जाेड्ने माध्यमपनि हाे । त्यसैले प्रतियोगिता सभ्य रूपमा सम्पन्न हुनेछ´, अध्यक्ष नेपालीले भने ।

उद्घाटन खेल फाेई कालिका युवा क्लब र सरस्वती युवा क्लब मिचाबीच भएकाे थियाे । सरस्वतीलाई २-१ गाेल अन्तरले पराजित गर्दै फाेई कालिकाले जित हासिल गरेकाे छ ।

डिवाईसी युवा क्लब र देउसी कैलाश युवा क्लबबीच भएकाे थियाे  । उक्त खेलमा देउती कैलाश १ गाेलले विजयी भएकाे छ ।