जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे प्रथम दिक्षान्त समाराेह आज हुँदैछ । समाराेहमा प्रधानमन्त्री केपी शर्मा ओली बुधबार (आज) जुम्ला आउने छन् ।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओली आज विहान ११ बजे जुम्ला आईपुग्ने कार्यक्रम छ ।
पहिलाे पटक प्रतिष्ठानका ५८ जना विद्यार्थी दीक्षित हुँदैछन् ।
यसअघि भदाै २३ गते सबै तयारी भएपनि अन्तिम समयमा प्रधानमन्त्री ओलीकाे कार्यव्यस्थताले दिक्षान्त समाराेह स्थगित भएकाे थियाे ।
यस्ताे छ प्रधानमन्त्रीकाे कार्यतालिका
प्रधानमन्त्री ओली ११ बजे जुम्ला आईपुग्ने छन् । भने सर्वप्रथम प्रतिष्ठानकाे शैक्षिक तथा प्रशासनिक भवनकाे उद्घाटन गर्ने छन् ।
नवर्निमित भवनकाे रिवन काटेर ताम्रापत्र अनावरण गरि उद्घाटनपछि प्रतिष्ठानकाे सिनेट बैठक बस्ने छ । सिनेट बैठक २० मिनेट बस्ने कार्यतालिका छ ।
कुलपति ओलीकाे अध्यक्षमा बस्ने सिनेट बैठकले प्रतिष्ठानका विभित विषयमा छलफल हुने छ ।
सिनेट बैठक सकिए लगत्तै प्रथम दिक्षान्त समाराेहमा प्रधानमन्त्री ओली सरिक हुने छन् ।
त्यस्तै नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महतले पार्टी अध्यक्ष ओलीकाे प्रमुख आतिथ्यतामा अगुवा कार्यकर्ता भेटघाट समेत हुने बताए ।
जुम्ला दर्पण । २८ कार्तिक २०८१, बुधबार ०९:४६