कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल आज देखि जुम्लामा सुरु :सुर्खेत र हुम्ला विजयी भोलि दुई खेल हुने

डिल्ली अन्जान

जुम्ला -प्रथम कर्णाली प्रदेश स्तरीय पुरूष फुटबल प्रतियोगिताको पहिलो दिन आज दुई खेल भएका थिए। पहिलो खेल सुर्खेत र मुगु बीच भएको थियो। सो खेलमा १ गोलका विरुद्ध ३ गोल गरी सुर्खेत विजयी भएको छ।
दाेर्सो खेल हुम्ला र जाजरकोट बीच भएको थियो । उक्त खेलमा शून्य गोलका बिरूद्ध २ गोल गरी हुम्ला विजयी भएको आयोजकले जनाएको छ।भोलि २ खेल हुने भएका छ्न् ।

पहिलो खेल बिहान ९ बजे आयोजक जुम्ला र सुर्खेत बीच हुने भएको छ। दोर्सो खेल हुम्ला र कालिकोट बीच प्रतिस्पर्धा हुने भएको जुम्ला जिल्ला फुटबल संघका महासचिव दीपेन्द्र विक्रम हमालले बताए।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट गर्न सो प्रतियोगीता जुम्लामा सुरु भएको हो। सो प्रतियोगिता २०८१ मंसीर २ गते देखि ९ सम्म कर्णाली प्रदेशमा हुने भएको छ।