सुन्दर र रमणीय गुठीचाैर उपत्यका (फाेटाेफिचर)

गुठीचाैर उपत्यका पर्यटकीय सम्भावना बाेकेकाे गन्तव्य हाे ।

शुभाकर विश्वकर्मा,जुम्ला,

गुठीचाैर उपत्यका जुम्ला जिल्लाकाे गुठीचाैर गाउँपालिकामा पर्दछ । गुठीचाैर उपत्यका भेडी पालन र सुन्दरताका कारण चर्चित छ । जुम्ला सदरमुकाम खलङ्गाबाट पूर्वी भेगमा पर्ने गुठीचौर उपत्यकाको फाँटिलो भूभाग पुग्न सदरमुकामबाट ६ घन्टा पैदल हिड्नुपर्छ ।

 सदरमुकामबाट दानसाँघु, देपालगाउँ, गज्र्याङकोट हुँदै गुठिचौरको फाँट पुगिन्छ।  गुठिचौर भेडा तथा बाख्रा अनुसन्धान केन्द्र छ । केन्द्र २०२८ सालमा स्थापना भएकाे हाे ।  गुठीचाैरकाे सुन्दरताले कसकाे मन लाेभिदैन र ?

गुठीचौरदेखि उत्तरतिरको लाक्ना डाँडा चढेपछि कान्जिरुवा हिमाल आँखैअगाडि देख्न सकिन्छ भने जुम्लाकै पातारासी हिमशृंखला लमतन्न परेको देखिन्छ।

यो डाँडामा पाँचऔँले, भुत्ले, चटामरीलगायतका हिमाली जडीबुटीसमेत पाइन्छ। यहाको प्रसिद्द गणेशस्थानको मन्दिरले रमणीय गुठीचौरको धार्मिक महत्त्वसमेत बोकेको छ ।

            तस्बिर: शुभाकर विश्वकर्मा/जुम्लादर्पण