जुम्ला । जुम्लाको पातारासी गाउँपालिका युवा अमर विष्टले यहाँको तातोपानी-८ स्थित टाेप्ला गाउँका आगलागी पीडित सन्देश शाही घरपरिवारलाई १० हजार सहयाेग गरेका छन् ।
आगलागी बाट पीडित परिवारकाे तत्कालीन समस्या समाधानमा सहयाेग पुगाेस भन्ने उदेश्यले सहयाेेग गरेकाे युवा अमर विष्टले बताए ।आज आगलागी भएकाे घरमै पुगेर युवा विष्टले सहयाेग प्रदान गरेका हुुन्।
आगलागीबाट सन्देश शाहकाे घरमा झण्डै १३ लाख सम्मकाे क्षति भएकाे छ। राहत र पुनर्स्थापना का लागि सबै पक्षले ध्यान दिन जरुरी रहेका छ।
अमर विष्ट तिनै युवा हुन जसले जुम्लामा बेलाबखत आपत विपद र समस्या आइपर्दा समाज सेवाकाे काम गर्छन।

डिल्ली कामी । १३ फाल्गुन २०८२, बुधबार २०:०७