जुम्ला: कनकासुन्दरी गाउँपालिका वडा नं.८ स्थित पाण्डपगुफा माध्यमिक विद्यालयकाे स्तरराेन्नतिका लागि महायज्ञ सञ्चालन गरिने भएको छ । प्राविधिक शिक्षा सञ्चालन,त्यसको उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि महायज्ञ लगाईने भएको हो ।
आईतबार पत्रकार सम्मेलन मार्फत सामुदायिक विद्यालयमा प्राविधिक धार संचालन गर्न र विद्यालय स्तरबृद्धि गर्न महायज्ञ लगाउने लागिएको जनाइएको हो ।
कोटघरस्थित पाण्डगुफा मावि वि.स. २००९ सालमा स्थापना भएको जिल्लाकै पुरानो विद्यालय हो । जहाँ ४ सय ८९ जना विद्यार्थी अध्यायनरत छन् । न्युन भौतिक संरचना भएको उक्त विद्यालयमा पठन पाठनमा समस्या मात्र नभई,पछिल्लो समय गाउँघरमा समेत प्राविधिक शिक्षाको मोह बढेको देखिन्छ ।
प्राविधिक शिक्षा प्रतिको बढ्दो मोह,स्रोत अभावका कारण समस्या भएपछि विद्यालयको स्रतबृद्धि सहित प्राविधिक धारको शिक्षा सञ्चालन गर्नका लागि धार्मिक ज्ञान विज्ञान महामहोत्सव(महायज्ञ) सञ्चालन गरिने पाण्डवगुफा माविका प्रधानाध्यापक दिपेन्द्र रोकायाले बताए ।
विद्यालयमा अहिले ६ कोठे २ पक्की भवन छन् । भने ४ वटा कच्ची भवन रहेका छन् । प्रअ रोकायाले भन्नुभयो,“विद्यालयमा संरचना अभाव विगत देखि थियो । अहिले ती संरचना जीर्ण हुदैँ छन् । प्राविधिक शिक्षा प्रतिको मोह पनि उत्तिकै बढ्दो छ । स्रोत अभावले विद्यालय स्तरबृद्धिमा समस्या भएपछि महायज्ञ सञ्चालन गर्न लागेका हौ । आगामी असोज २८ देखि कार्तिक ५ गते सम्म महोत्सव लाग्ने छ ।”
महायज्ञ सञ्चालनले विद्यालयको स्तराेन्नति लागि आवश्यक आर्थिक संकलन हुनुका साथै नेपाली भाषा र सभ्यताको उद्गम स्थल सिञ्जाको पर्यटन प्रर्बद्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको स्थानीय मुक्तिकृष्ण भट्टले बताए ।उनका अनुसार धार्मिक,साँस्कृतिक र आर्थिक स्थितीले महायज्ञ आफैमा विशेष हुने छ ।
महायज्ञ सञ्चालनका लागि भक्तीयोग फाउण्डेशन नेपालका धार्मिक गुरुहरु आउने छन् । उनीहरुले महायज्ञबाट २० लाखभन्दा कम आर्थिक संकलन भएमा कुनै पनि खर्च नलिने बताएका छन् ।
विद्यालयको स्तरबृद्धि तथा प्राविधिक धारको शिक्षा सञ्चालनको लागि भवन निर्माण,उपकरण तथा जनशक्ति व्यवस्थापन लगायत अन्य खर्चका लागि अनुमानति न्युनतम ७० लाख एक करोडसम्म बजेट लाग्ने अनुमान गरिएको छ ।
संविधानसभा सदस्य डिल्ली प्रसाद काफ्लेले जुम्लाकै पुरानो पाण्डपगुफा मावि विद्यालयमा प्राविधिक धार संचालन गर्न तथा जीर्ण संरचना बनाउन महायज्ञ गर्न लागिएको बताए । अपेक्षित आर्थिक संकलन भएमा प्राविधिक विषय पढाउन भवन निर्माण् आईटि उपकरण,र जनशक्ति व्यवस्थापनमा खर्चिने छ ।
महायज्ञ सञ्चालनको व्यवस्थापनका लागि यूवा विकास भण्डारी लगायतका यूवाहरु सक्रिय रुपमा लागि रहेका छन् । सिञ्जामा पहिलो पटक हुन लागेको महायज्ञले त्यहाँको धार्मिक पर्यटन प्रर्बद्धनमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ ।

जुम्ला दर्पण । २१ आश्विन २०८०, आईतवार १०:१०