नेपाल बुद्धिजीवी संगठनको संयाेजकमा बुढ्थापा चयन ।

डिल्ली अन्जान

जुम्ला ः नेपाल बुद्धिजिवी संगठन जिल्ला समन्वय समितिको संयोजकमा हिक्मत बुढ्थापालाई चयन गरिएको छ । जिल्ला कार्य समितिको ६५ सदस्यीय रहने गरी बुढ्थापालाई संयोजकमा चयन गरिएको हो । संयोजक बुढ्थापाले पार्टी बयिलो बनाउन र बृद्धि विकास गर्नका लागि जिल्ला समन्वय समितिको भूमिका रहने बताए


नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज नरेश भण्डारीले दलाल पुंजीवादलाई परास्त गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न बुद्धिजिवीले ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले भने माओवादी केन्द्रलाई मजबुत र बलियो बनाउन बुद्धिजिवीको अहम भुमिका रहने छ । बुद्धिजिवीको सल्लाह तथा सुझावले पार्टी उचाईमा पुग्ने छ ।
नेपाल बुद्धिजिवी संगठन जिल्ला समन्वय समितिको सहसंयोजकमा धर्मदत्त धिताल रहेका छन् ।