सिंजामा स्थापना हाेलान् त मालपाेत र नापीका शाखा ?

जुम्ला : नेपाली खस भाषाकाे उद्गम स्थल सिंजा क्षेत्रमा हाल तीन स्थानीय तह छन् । शक्ति वीकेन्द्रीकरणकाे सिद्धान्त अनुसार लागु गरिएकाे संघीय शासनपछि सिंजामा तीन स्थानीय तह स्थानीय स्थापना गरिएका हुन् ।

 २०७२ सालमा नयाँ संविधान लागू भएसंगै देश  संरचना गएपछि सिंजा क्षेत्रमा कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिका घाेषणा गरिएकाे थियाे । जुम्लाका साविक ३० गाविस गाँभेर एक नगरसहित सात पालिका गरी हाल ८ स्थानीय तह विद्यामान छन् ।

विशेषगरी सिंजा क्षेत्रका तीन पालिका नागरिकलाई अत्यावश्यक र महत्त्वपूर्ण कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ । त्यहाँका नागरिक कठिन यात्रा गरेर प्रशासनिक, न्यायिक र मालपाेत र नापीका सेवा लिन अहिलेपनि खलंगा आउने गरेका छन्  ।

सिंजाका नराकाेटमा इलाका प्रशासन कार्यालय सञ्चालनमा रहेकाे छ । यसक्षेत्रमा लामाे समयदेखि मालपोत  र नापी कार्यालय स्थापना गर्ने पहल भइरहेकाे थियाे ।यसै सन्दर्भमा सिंजालीका लागि खुसीकाे खबर छ । अब सिंजामा मालपाेत र नापीकाे शाखा स्थापना हुने भएकाे छ ।

मंगलबार बसेको मन्त्री परिषद्को निर्णयले सिंजामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेकाे छ । नेपाल सरकारकाे याे निर्णयसँगै सिंजा क्षेत्रले आर्थिक र प्रशासनिक रुपमा ठूलो सफलता हात पारेको छ। उक्त निर्णयपछि उक्त क्षेत्रका नागरिकमा खुसीयाली छाएकाे छ ।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धिताल नेपाल सरकारकाे उक्त निर्णय ऐतिहासिक उपलब्धि भएकाे बताउँछन् । उनका अनुसार लामाे समयकाे अथक प्रयास उक्त उपलब्धि हासिल भएकाे छ ।

मालपोत  र नापी स्थापना गरेकाे भन्दै उनले सरकारलाई सिंजालीकाे तर्फबाट धन्यवाद व्यक्त गरे ।  अध्यक्ष धिताल लामाे समयलेखि सिंजामा मालपाेत र नापीकाे शाखा स्थापनाकाे लागि संयाेजनकारी भुमिका निर्वाह गर्दै आएका थिए ।

कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाईका अनुसार लामाे समयकाे पहलपछि सिंजामा मालपोत र नापी स्थापना गर्ने निर्णय हुनु खुसीकाे खबर हाे  । विभिन्न चरणको छलफल र पहलमा भूमि व्यवस्थास्था मन्त्रालयको प्रस्तावमा पौष ९ गतेको मन्त्री परिषद् बैठकबाट उक्त निर्णय भएकाे उनकाे भनाइ छ ।

उक्त निर्णय प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेकाे भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओेली, अर्थमन्त्री बिष्णु पौडेल, भूमि व्यवस्था मन्त्री बलराम अधिकारीप्रति आम सिंजाबासीको तर्फबाट हार्दिक आभार ब्यक्त  गरेका छन् ।

प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले भने सिंजामा नापी र मालपोत स्थापना गर्ने बाचा पुरा गरेकाे भन्दै अर्थमन्त्री बिष्णु पौडेलप्रति आभार प्रकट गरेका छन् ।

  कार्यालय स्थापनाका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका जनप्रतिनिधिहरुलाई धन्यवाद प्रकट गरेका छन् ।
उक्त कार्यालय  आउँदाे फागुन महिनामा उपयुक्त समय मिलाएर कार्यलय स्थापना र उद्घाटन गरिने जनाइएकाे छ ।
मालपाेत र नापीका शाखा खुल्दा के छन् फाइदा
पहिलाे कुरा कार्यालय स्थापना भए आर्थिक र प्रशासनिक रुपमा ठूलो सफलताकाे दर्ज हुनेछ ।  संविधानमा उल्लेख भए अनुसार याे निर्णयले विकेन्द्रीकरणको अभ्यासमा एक ठोस कदम चालेको मानिनेछ ।
सिंजालीहरूले प्रशासनिक,मालपोत तथा नापीसम्बन्धी कामका लागि जुम्ला खलंगा जानुपर्ने बाध्यता हट्नेछ । उनीहरूले घरदैलाे मै सेवा पाउनेछन् ।  घरदैलाेमै  सहज र सरल सुविधा नागरिकले पाउनेछन् ।

सरकारले निर्णय गरेकाे छ । अब आवश्यकता अनुसारका भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि सबै मिलेर जानुका विकल्प छैन ।

स्थानीय तहका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, प्रशासन र पत्रकारहरू यस सफलताका प्रमुख भागीदार हुन्।
याे निर्णयलाई अब कार्यान्वयनाा लैजान विलम्ब गर्नु हुँदैन । याे निर्णय कहिले कार्यान्वयन हुन्छ भन्ने आशंका छ ।