जुम्ला : चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि जुम्ला बहुमुखी क्याम्पसमा ६ संगठन दर्ता भएका छन् ।
निर्वाचन अधिकृत उपप्राध्यापक पदम बहादुर शाहीका अनुसार दर्ता हुने संगठनहरूमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघ रहेका छन्।
त्यस्तै नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, माओवादी निकट अखिल (क्रान्तिकारी) र विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) रहेको उनको भनाई छ।
निर्वाचन कार्यतालिका अनुसार संघ, संगठन र समूह दर्ताको प्रक्रिया निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन समितिका सदस्य हरि थापाले जानकारी दिए। उनले यो प्रक्रियाले निर्वाचनको वातावरण थप सकारात्मक बनेको बताए।
यसैगरी, निर्वाचन समितिका अर्का सदस्य हिक्मत बुढथापाले स्ववियु निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढिरहेको बताए। उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन समितिले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।
जुम्ला दर्पण । १९ फाल्गुन २०८१, सोमबार २१:३३