भारतमा अलपत्र नागरिकका उद्वारकाे लागि प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामाले सहयाेग गरेकी छन् । राेजगारकाे शिलशिलामा भारतकाे अरूणाञ्चल प्रदेशमा गएका १३ जनाकाे उद्वारकाे लागि प्रतिनिधि सभा सदस्य लामाले सहयाेग गरेकी छन् ।
उनले जुम्ला दर्पणकाे समन्वय ८० हजार रूपैयाँ सहयाेग गरेकी हुन् । महेश जंग शाही निश्चलकाे नाममा उक्त रूपैयाँ पठाइसकेको छ ।

` हिजाे मिडियामा उहाँहरू अलपत्र परेकाे भिडियो आएकाे थियाे । लगत्तै सम्बन्धित व्यक्तिलाई खबर गर्न खाेजे । घर फर्काउन सहज हाेस भनेर सहयाेग गरेकाे हु ।´, उनले भनिन्
अलपत्र परेका १३ जना जुम्लाकाे चन्दननाथ नगरपालिका वडा नम्बर ७ मिचा गाउँका हुन् । उनीहरू अलपत्र परेकाे भन्दै जुम्ला दर्पणले शुक्रबार एक भिडियो सामग्री प्रशारण गरेकाे थियाे ।
उनीहरूले नेपालगन्जका एक ठेकदारले त्यहाँ अलपत्र पारेका हुन् । उनीहरू अहिले सुरक्षित रहेकाे शाही बताउँछन् । उनीहरूलाई काँकडभिट्टा ल्याइदैछ ।
।

डिल्ली कामी । १३ पुष २०८१, शनिबार ०९:४४