मुगुका विपन्न घर परिवारका बिरामीलाई सहयोग

 मुगु :  नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले मुगु जिल्लाका विपन्न घर परिवारका बिरामी लाई राहत रकम सहयोग गरेको छ ।

यो बर्ष नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले एक लाख सम्म रकम संकलन गरी मुगुका विपन्न घर परिवारका जटिल रोगका बिरामी लाई राहत रकम सहयोग गरेको हो ।

समाजिक कार्यमा हाम्रो सहभागिता भन्ने उदेश्यका साथ नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमितिले मुगुले रकम संकलन गरी मुगु जिल्लाका विपन्न गरिब घरपरिवारका ५ जना जटिल रोगका बिरामीहरुलाई संकलित रकम सहयोग गरेको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुका अध्यक्ष सोनाम तोर्चे लामाले जानकारी दिए ।

उनका अनुसार मनकारी कर्मचारी बाट यो बर्ष एक लाख रकम संकलन गरेको र त्यहि रकम मध्ये बाट जटिल रोगका बिरामी मुगुमकामारोङ्घ गाउँपालिका ५ सरोग गाउँका उर्गिन टोमा लामा लाई १५ हजार,छायाँनाथ रारा नगरपालिका १३ लुमका बिग्नेश खड्का लाई २२ हजार सोरु गाउँपालिका ३ भिई गाउँका अशोक लाल बुमि लाई २२ हजार,सोरुगाउँपालिका ४ लिब्रु गाउँका दान बहादुर बुढा लाई १५ हजार र सोरु गाउँपालिका वडा नं ९ खनाय गाउँका अभिराज शाही लाई २२ हजारका दरले रकम सहयोग गरेका अध्यक्ष लामाले बताए।

मानसिक समस्या, क्यान्सर लगायत जटिल रोगका बिरामीहरु आर्थिक अभावमा रोग पालेर बस्न बाध्यभएका छन । त्यस्ता जटिल दिर्घरोगी लाई मलमपट्टी होस र केहि उपचारमा सहयोग पुगोस भन्ने उदेश्यका साथ नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमितिले मुगुले मनकारी कर्मचारीहरु बाट रकम संकलन गरी विपन्न गरिब जटिल रोगको शिकार भएकाहरु लाई सहयोग गरेका नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले जनाएको छ ।