जुम्ला : आन्तरिक राजस्व कार्यालय जुम्लाले लक्ष्य भन्दा कम राजस्व संकलन गरेकाे छ । आ.व.२०८०/०८१ काे वार्षिक लक्ष्य भन्दा २२ प्रतिशत राजस्व संकलन गरेकाे हाे ।
प्रमुख कर अधिकृत सुब प्रसाद रिजालका अनुसार जिल्लामा कुल ७७.९५ प्रतिशत राजस्व संकलन गरिएकाे छ । राजस्व कार्यालयले वार्षिक कुल ५९ कराेड १ लाख १ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकाे थियाे ।
आ.व.२०८०/०८१ काे असार मसान्तसम्म ४५ कराेड ९९ लाख ८९ हजार रूपैयाँ संकलन गरेकाे छ । कुल वार्षिक लक्ष्यकाे ७७.९५ प्रतिशत प्रगति गरेकाे उनले बताए ।
३८ कराेड ९० लाख ९९ हजार आयकरकाे राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकाेमा ३१ कराेड ५४ लाख २३ हजार संकलन भएकाे छ । ८१.०६ प्रतिशत प्रगति भएकाे छ ।
यस्तै १९ कराेड ९ लाख ३० हजार बहालकरका राजस्व संकलन गर्ने लक्ष्य रहेकाेमा असार मसान्तसम्म ११ कराेड ३ लाख ७३ हजार संकलन भएकाे छ । कुल ५७.०७ प्रतिशत प्रगति भएकाे छ ।
ब्याजदर बापत वार्षिक ५ कराेड ६ लाख ३९ हजार राजस्व संकलन गनर्ने लक्ष्य रहेकाेमा ५ कराेड ३ लाख १६ हजार संकलन भएकाे छ । कुल प्रगति ९४.२९ प्रतिशत रहेकाे छ ।
मुल्य अभिवृद्धि कर बापत १६ कराेड ५४ लाख ६७ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकाेमा असार मसान्तसम्म ११ कराेड ९३ लाख ४९ हजार संकलन भएकाे छ । ७२.१३ प्रतिशत प्रगति भएकाे छ ।
अन्त शुल्क ९ कराेड ९ लाख ६६ हजार लक्ष्य रहेकाेमा ८ कराेड ५ लाख ३७ हजार राजस्व संकलन भएकाे छ । यसकाे कुल प्रगति ८५.६६ प्रतिशत रहेकाे छ ।
उनले भने,`व्यापार घाटा हुनु । विकासे बजेट खर्च न्यून हुनु । व्यवसायीकाे काराेबारमा कमी आउनु लगायतका कारणले राजस्व कम उठेकाे हाे । ´ जिल्लामा ३५ हजार करदाता रहेका छन् ।
व्यवसायिक स्थायी लेखा नम्बर लिनेकाे संख्या १५ हजार ५ सय ८८ रहेकाे छ । १ हजार ५ सय ६५ जना भ्याटमा छन् ।
ड्लु प्यान सरकारी कार्यालयले लिने प्यान नम्बर ५ सय १६ रहेकाे छ ।
जुम्ला दर्पण । ६ श्रावण २०८१, आईतवार ०८:१०