जुम्ला : केहीदिन यता बन्द कर्णाली राजमार्ग छिट्टै सूचारू गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएकाे छ । शनिबार जुम्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई कर्णाली राजमार्ग सूचार, तथा बजेट विनियोजनकाे माग गर्दै ज्ञापनपत्र बझाइएकाे हाे ।
यस वर्षको निरन्तर वर्षातका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो गई यातायात सेवा अवरुद्ध भएको जानकारी गराइएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओेलीलाई बुझाइएकाे पत्रमा भनिएकाे छ,` २०८१ भदौ १२ गते अविरल वर्षाको कारण कर्णाली राजमार्ग अन्तरगत दहिखोला, यासमोङ मेअरखोला लगायतका क्षेत्रहरूमा पहिरो गएकाे छ ।
खाद्यान्न सामग्रीको अलपत्र परेका छन् । यात्रुहरूलाई असहज भएको छ । यसवेला ध्यान नदिएमा जुम्लाको करोडौको स्याड कुहिने डर भएको छ ।´
यसैगरी, सरकारले कर्णाली राजमार्ग विनियोजन गर्न राजमार्गको बजेट समेत कम भएकाले चाडो भन्दा चाडो सडक सूचारू गर्न तथा राजमार्गलाई बजेट बढाएर न्याय दिलाउन माग गरिएकाे छ ।
यस्ताे छ, प्रधानमन्त्रीलाई बुझाइएकाे ज्ञापनपत्र
जुम्ला दर्पण । १५ भाद्र २०८१, शनिबार १३:४१