प्रकाश वि.क
जुम्ला -“लागु औषध, सिमा सुरक्षा, र युवामा आधारित कार्यक्रम ,
नशा रहित युवा हाम्रो देशका कर्णदार ,सिमाको रक्षा राष्ट्र निर्माणको आधार भन्ने मुल नाराका साथ
माघ ९ गते मनाइने २४ औ सशस्त्र प्रहरी दिवसको अवसरमा सत्ता व्यापी रुपमा सशस्त्र प्रहरी ३३ नं. गण त्रीपुरा जुम्लाले लागु औषध सम्बन्धि जिल्लाको तातोपानी ६ हियाखोलामा जनचेतना मुलक सड्क नाटक,भिडियो प्रदर्शन र अन्तरक्रिया कार्यक्रम गरेको हो।
कार्यक्रममा युवा र युवतीको सहभागिता रहेको थियो । माघ ९ गते मनाइने सशस्त्र प्रहरी दिवसको अबसरमा सत्ता व्यापि रूपमा उक्त कार्यक्रम गरिएको इनिक्सपेटर नवराज शाहीले बताए ।
जुम्लामा बड्दो लागु औषधका कारण युवाहरु विग्रीरहेको हुदा यो कार्यक्रमको थालनी गरिएको उनको भनाइ छ । लागु औषध सम्बन्धि कविता र निबन्ध लेखन प्रतियोगिता पनि भइ रहेको छ ।
शाहीको कमान्डमा १५ जनाको टोलीले हियाखोला बासी लाई कहि कतै यस्तो लागु औषध प्रयोग भएको थाहा पाएमा तुरुन्तै खबर गर्न आग्रह गरेका छन । उक्त कार्यक्रममा हियाखोला गाउँका समाज सेवी युवा डिल्ली कामीले समन्वय गरेका थिए ।
उनका अनुसार जुम्लामा पछिल्लो समयमा लागु औषधमा फस्ने युवाहरुको ठुलो भिड लागेको छ । यो कार्यक्रमले केहि प्रभाव पर्ने बताए ।
जुम्ला दर्पण । ३ माघ २०८१, बिहीबार १४:४९