जुम्ला । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति जुम्लाको अध्यक्षमा पदम प्रसाद उपाध्याय चयन भएका छन् ।
कर्मचारी संगठनको १२ औँ अधिवेशनबाट उपाध्याय अध्यक्षमा चयन भएका हुन् । उनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
उनी तातोपानी गाउँपालिका वडा नम्बर ४ निवासी हुन् । यसअघि उनी संगठनको उपाध्यक्ष थिए ।
अधिवेशनबाट उपाध्याक्षमा जयशंकर चौलागाई,सचिव नन्दमाया रोकाया,सह–सचिवमा दत्त बुढ्थापा चयन भएका उनले बताए । कोषाध्यक्ष चयन हुन बाँकी रहेको छ ।
जुम्ला दर्पण । १५ माघ २०८१, मंगलवार २०:४५