जुम्ला : जुम्ला बहुमुखी क्याम्पसको तालाबन्दी खुलेको छ । त्रि.वि. आन्तरिक करार प्राध्यापक संघले क्याम्पसमा मंगलबार लगाए ताला बुधबार (आज) खुलेको हो ।
सबै कानुनी प्रक्रिया पूरा गरि नियुक्त भएका शिक्षकहरुलाई बेलाबेला अपमान गर्ने, होच्याएर बोल्ने, जिम्मेवारी दिएको अवस्थामा समेत पारिश्रमिक नदिने, श्रम शोषण गर्ने जस्ता अमर्यादित कार्य गरिएको भन्दै करार प्राध्यापक संघले क्याम्पसमा ताला लगाएका थिए ।
तर करार प्राध्यापक संघका सबै जायज मागहरुको सम्बोधन हुने भएपछि ताला खोलिएको त्रि. वि. आन्तरिक करार प्राध्यापक संघ जुम्ला बहुमुखी क्याम्पस इकाइ समितिका अध्यक्ष सुवाशचन्द्र शाहीले बताए ।
क्याम्पस प्रशासनले शिक्षकहरुलाई दिएको थप जिम्मेवारी अनुसारको पारिश्रमिकको व्यवस्था गर्ने सहमति जनाएपछि जनाएपछि ताला खोलिएको छ ।
बारम्बार ध्यानाकर्षण गराउँदा पनि शिक्षकहरुको अपमान गराउने काम भएको हुँदा माग सम्बोधन नहुन्जेलका लागि क्याम्पसको लेखा शाखा, प्रशासन शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको थियो ।
जुम्ला दर्पण । २६ भाद्र २०८१, बुधबार १७:५०